म्याग्दी । म्याग्दीमा रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले किचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।




























































































































































