जुम्ला । जुम्लामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा हिमपात भएको हो । हिमपात भएसँगै सदरमुकाम खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी भएको हिमपातले किसानलाई भने खुसी दिएको छ । हिमपात जौ र गहुँबालीलाई राम्रो गर्ने भएपछि किसानले राहत महसुस गरेका छन् ।





























































































































































