काठमाडौं। व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो । काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन् । उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणलमा पक्राउ गरिएको बताइएको छ । बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ, गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने...


























































































































































