अछाम । इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ।२५ वर्षको कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ।सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचाररत थिइन्। रावल नेपालगन्ज उपमहानगरपालिकामा सब–इन्जिनियरका रुपमा कार्यरत थिइन्।पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो।
देवदह (रुपन्देही), जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...





























































































































































