पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चौतर्फी माग

रौतहट। रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका  पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण  गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट गम्भीर अवस्थामा रहेका पत्रकार  तिवारीको अहिले वीरगञ्जस्थित सूर्या अस्पतालमा उपचार भइरहेको छ। सूर्या अस्पताल वीरगञ्जका प्रमुख डाक्टर सरोज कुमार सिंहले पत्रकार तिवारीको छातीलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको र भर्ना गरेर उपचार भईरहेको बताए ।

 

 

पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले प्रति ट्रली २० देखि ३०, क्विन्टल उखुको तौल घटाइरहेको बताउँदै आएका बारा र सर्लाहीको किसानले ल्याएको उखुको तौल घटेपछि मंगलवार किसानहरू मिल प्रशासनविरुद्ध नारा लगाउँदै आन्दोलनमा उत्रिएका थिए। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएको  किसानहरूले आन्दोलन सुरुगरेको उखु उत्पादक किसान संघ रौतहटका उपाध्यक्ष प्रमोद यादव बच्चा बाबुले बताएका छन्।

 

मंगलबार आन्दोलन गरिरहेका केही किसानलाई समेत मिल सञ्चालकका बाउन्सरहरुले कुटपिट गरेको उपाध्यक्ष बच्चा बाबुले बताए। किसानहरूले उखु काटा गर्ने ठाउँमा बिहानैदेखि नारा जुलुस गरेपछि मंगलबार दिउँसो समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।

 

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश मिल सञ्चालक ओम प्रकाश जैसवालका छोरा हुन् । उनकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। तिवारीका अनुसार मेयरले इसारा गरेलगत्तै उनका भाइ पिन्टु भन्ने अभयप्रकाश जैसवालले आफूमाथि सबभन्दा पहिले आक्रमण गरेका थिए । जैसवालले हात छोडेलगतै उनको दर्जनौं बाउनसरले पत्रकार तिवारीलाई भुइँमा बजारेर मुड्की, लाती, लठी र उँखुले प्रहार सुरु गरेका थिए। सोही समय त्यहाँ पुगेका ईलाका प्रहरी कार्यालय कटहरियाको टोलीले जसोतसो पत्रकार तिवारीलाई बचाएका थिए। घटनास्थल पुगेका वरिष्ट सई अरुण सिंहका अनुसार यदी प्रहरी त्यहाँ मात्र १० मिनेट ढिलो पुगेको तिवारीकाे ज्यान जे पनि हुन सक्थ्याे ।

 

 

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकका बाउन्सरहरुले लुटपाट गरेको बताइएको छ। मिलकै बाउनसरले एकजना अर्का पत्रकार धीरज यादवलाई समेत कुटपिट गरेका छन्। किसानको पीडाबारे भिडियो रेकर्ड गर्ने क्रममा पहिले यादव र लगत्तै तिवारीमाथि एकैपटक दर्जनौं मानिसले आक्रमण गरेको सई अरुण कुमार सिंहले जानकारी दिएका छन्।

 

 

मंगलवार घटनाले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको टोलीसँगै उखु उत्पादक किसान संघ रौतहटका पदाधिकारी  बाबा बैजुनाथ सुगर मिलको स्थलगत निरीक्षणमा गएको थियो। टोलीले उखुको तौल घटाएकोबारे जाँच बुझ गर्नु अघि नै मिलले राखेको केही ठेकदारहरुले तौल गर्ने काँटा ठीक भयो भनेर होहल्ला गरिरहेको थिए। सो पछि त्यही काँटामा पहिले तौल भईसकेको तीनवटा टयाक्टरको उखुको पुनः तौल गर्दा डिएसपी खनालको रोहवरमा प्रति ट्रली १६,१४,१२ क्विन्टल घटी देखिएको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताएका छन्।

 

 

उखुको तौल घटेको बारेमा डिएसपी खनालको उपस्थितिमा मिलका निर्देशक बैजु बाबरासँग कुरा गर्दा गैरजिम्मेवारी तरिकाले जथाभावी कुरा गर्दै थर्काउने  व्यवहार गरेको अध्यक्ष यादवले गुनासो गरेका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी खनालले घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन।यसैबिच घटनामा संलग्न मिल्स सञ्चालक संगै दोषीमाथि कडा कारबाहीको गर्न चौतर्फी दबाब उठ्न थालेको छ।

 

 

आमजनता पार्टीका अध्यक्ष पूर्व मन्त्री प्रभु साहले समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताएका छन। प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ ।

 

 

साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार तिवारी लगायतका पत्रकारहरुमाथि भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगमले छुट्टा छुटै बिज्ञप्ती निकालेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ’

काठमाडौँ, अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।‘एक्सेस प्लानेट’द्वारा अनुसन्धान गरिएको ‘किनाराका आवाजहरू : नेपालमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको स्थिति अनुसन्धान’ मा २०० सहभागीमध्ये ९५ जनाले न्यायिक निकायहरूले सहयोगी र...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९