सकियो ‘सम्झनामा बालकृष्ण सम’

काठमाडौँ । १२२औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तक्रिया, कविता वाचन, चित्रकला र बृत्तचित्र प्रदर्शनी कार्यक्रम ललित कला प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममा तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले संयुक्त रुपमा बालकृष्ण समको तस्वीरमा माल्यार्पण गरी पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै कुलपति निशा शर्माले आजको यस कार्यक्रममा प्रदर्शन गरिएको बृत्तचित्रले बालकृष्ण सम रङ्गमञ्च र साहित्यका बाहेक चित्रकलाका पनि महान् कलाकार हुन् भन्ने स्पष्ट पारेको बताइन् । उनका कृतिहरु प्रह्लाद, भिमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो लगायतका कृतिमाथि कलाकारहरुले बनाउने चित्र हेर्न आतुर रहेको कुलपति शर्माले बताइन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बालकृष्ण सम साहित्य र चित्रकलाका विधामा अब्बल स्रष्टा भएतापनि उनलाई नाटककारका रुपमा बढी चर्चा गरिनुपर्ने बताए । उनले तीन वटै प्रज्ञा प्रतिष्ठानको सहकार्यबाट यस कार्यक्रमको आयोजना हुनुले तीनवटै प्राज्ञिक संस्था एकै ठाउँमा छ भन्ने सन्देश दिएको बताए । उनले अब यी प्राज्ञिक संस्थाको परम्परागत कार्यशैलीलाई फरक र नयाँ शैलीबाट चलायमान बनाउनुपर्नेमा जोड दिए ।

 

त्यस्तै कार्यक्रममा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले समको योगदानको चर्चा गर्दै सेक्सपियरको नाट्यशैलीलाई बालकृष्ण समले नेपालीकरण गरेर नेपाली नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको बताए । उनले समलाई समग्र कला र साहित्य क्षेत्रका अभिभावकको रुपमा चित्रण गरे ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वागत मन्तव्य दिदै यस कार्यक्रमबाट प्रज्ञा प्रतिष्ठानहरुको सहकार्यको थालनी भएको बताए । कार्यक्रममा डा. अशोक थापाले बालकृष्ण समले नाटकमा पु¥याउनुभएको योगदन र नाटकमा प्रयोग भएका बहुआयामिक पक्षलाई समेटेर ‘समको गुणात्मक नाट्य योगदान’ विषयक कार्यक्रपत्र प्रस्तुत गरेको थियो । उक्त कार्यपत्रमाथि विष्णु ज्ञवालीले टिप्पणी गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, राधा कार्की, विष्णु ज्ञवाली, संध्या पहाडीलगायतले कविता वाचन गरेको थियो भने कार्यक्रममा रमेश खनालद्वारा लेखन तथा निर्देशन गरिएको बालकृष्ण समको चित्रकारितामा आधारित बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा बालकृष्ण समको प्रह्लाद, भिमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो जस्ता कृतिमा आधारित चित्रकला निर्माण गर्न क्यानभास उपलब्ध गराइएको थियो ।  कार्यक्रममा प्रज्ञा प्रतिष्ठानहरुका पदाधिकारी, नाट्यकर्मी, कलाकर्मी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९