रुपन्देही प्रहरीको एक वर्षमा उपलब्धि: तस्करी नियन्त्रणमा ६१ प्रतिशत राजश्व वृद्धि, ३९८ जना फरार प्रतिवादी पक्राउ

भैरहवा ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार १२ गते भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ११ लाख ६१ हजार मूल्य बराबरको कपडा, हुक्काको फ्लेवर, जुत्ता, चकलेट लगायतका बस्तु सिद्धार्थनगर नगरपालिका वडा नं. १० भुजौली र मायादेवी गाउँपालिका वडा नं.७  बनगाइ बाट बरामद गर्‍याे ।

 

 

भारत महाराजगंजका ३४ वर्षीय भगवान दास मौर्य, सिद्धार्थनगर १ का २४ वर्षीय ईन्तियाज अहमद मुसलमान, मायादेवी गाउँपालिका ६ का १९ वर्षीय अजय कुमार चमार, मायादेवी ६ का १८ वर्षीय बिकास नाउँ, सोही ठाउँका १९ वर्षीय महेश बनियाँले मोटसाइकलबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ती बस्तु बरामद भयो ।

 

 

साउन तेस्रो साता रोहिणी ३ सेमरहवा चोकबाट साँझ ५ बजेको समयमा नवलपरासी सुनवल ८ का ३७ वर्षीय संगीत कुमार खरबिनले चलाएको लु १ च ५८३१ नं. पिकअपमा अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको माला, जेन्स रेडिमेड कपडा,  लेमिनेसन पेपर र क्लिप गरी पिकअप गाडीसहित १२ लाख ५० हजार बढीको र सोही क्रमामा बेथरीबाट स्याङ्जा पुतलीबजारका ४० वर्षीय लाल बहादुर बिकले  चलाएको ना ३ ख ४४१३ नं. को ट्रकलाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा भन्सार छलि चोरी गरी ल्याउँदै गरेको साडी, सुट, सल, रेडिमेड कपडा, थान कपडा गरी ट्रक सहित २७ लाख ४७ हजार बराबरको समान गरी कुल ४० लाख बढिको अवैध सामान कार्यालय र मातहतको टीमले बरामद गर्‍याे  ।

 

 

पुस २७ गते राति साढे १० बजेको समयमा सिद्धार्थनगर ८ सिटी अस्पताल चोकमा मकवानपुर थाहा ४ का ४२ वर्षिय रामचन्द्र खत्रीले  ना ३ ख ५१८९ नं. कन्टेनर (ट्रक) मा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लैजान लागेको अवस्थामा थान कपडा, लेडिज जुत्ता, नेट कपडा, दोसल्ला, साडी र कन्टेनर (ट्रक)सहित ३० लाख ६२ हजार बढिको र ओमसतिया ४ वसन्तपुरमा मोटरसाइकलबाट ओसरापसार गरी गोदाम बनाई डम्प गरेको अवस्थामा २ वटा मोटरसाइकलसहित ४ लाख ५२ हजार बढिको प्याज बरामद गर्‍याे  ।

 

 

यी ३ वटा घटना त केवल उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पछिल्लो एक वर्षमा ८ करोड ८० लाख १९ हजार ३ सय १५ रुपैया बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय पठाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माले सम्हालेदेखि समग्र रुपन्देहीमा हुने गरेको अवैध कारोबार तथा तस्करी नियन्त्रणमा कठोर बनेका थिए । गत वर्ष माघ २६ गते रुपन्देही आएका विश्वकर्माले पहिलो चरणमा सिमाबाट हुने अवैध कारोबारलाई चुनौतीको रुपमा लिँदै कडा रुपमा प्रस्तुत भएका थिए जसको फलस्वरुप एक वर्षको अवधिमा गत वर्ष भन्दा ६१ प्रतिशत बढि रूपैयाँ बराबरको भन्सार छलीको मालसामान बरामद गरी भन्सार राजश्व दाखिला भएको छ ।

 

 

अघिल्लो वर्षमा ५ करोड ४५ लाख ३५ हजार २७ रुपैया बराबरको समान बरामद भएको थियो । बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको छ ।  नियमित कामसँगै जिल्लामा शान्ति  सुरक्षा तथा अमनचयन कायम राख्न सुरक्षा योजना बनाई प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरिएकोमा केही छिटफुट घटनाहरु बाहेक अन्य ठुला तथा जघन्य प्रकृतिका घटना तथा प्राकृतिक विपत्तिका घटनाहरु नघटेको र केही अप्रिय घटनाहरुको सफल अनुसन्धान भएको, वर्तमान शान्ति सुरक्षाको अवस्था सामान्य रहेको एसपी विश्वकर्माले भने ।

 

 

 

भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन रहेको थियो । यस वर्ष चोरी तस्करीमा कठोर बनेको प्रहरीले अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा ४७ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक विश्वकर्माले भने ।  खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाई गर्न कुनै कसर बाँकी नराखेको उनले भने ।

 

 

 

मुख्य नाका तथा अन्य खुला सीमा नाकाहरूमा प्रहरीको बाक्लो उपस्थितिले गर्दा चोरी निकासीमा कडाइ हुने गरेको छ । तर, छेउ छाउबाट लुकी चोरी हुने गरेको भन्सार चोरी निकासी नियन्त्रण गर्न पनि प्रयासरत रहेको दाबी गरे । यस्तै देवदह–२ ढेकावार,  सियारी–४ छपिया र सैनामैना–६ रामापुर कलौनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको छ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन  पुलिस व्याटन २०८० मा ईलाका प्रहरी कार्यालय/वडा प्रहरी कार्यालयहरु मध्ये ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही सर्वोत्कृष्ट हुन सफल भएको छ ।

 

 

 

अदालतको फैसला कार्यान्वयन तर्फ प्रहरीले पछिल्लो एक वर्षमा ३ सय ९८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरीएको छ भने आर्थिक वर्ष २०७९–८० मा ६१ लाख ६९ हजार  र यस आर्थिक वर्षमा १३ लाख २४ हजार बराबर जरिवाना यस्तै आर्थिक वर्ष २०७९–८०मा १७६ वर्ष २८ दिन र यस आर्थिक वर्षमा ३१ वर्ष ७ महिना ९ दिन बराबर कैद असुल गराएको छ ।

 

 

 

सम्मानित जिल्ला अदालत बाट मुद्दा फैसला भई फरार रहदै आएका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत रहेको प्रहरी युनिटहरुको सहयोगमा रुपन्देहीको विभिन्न ठाउँहरुबाट पक्राउ गरेर कार्यवाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जानकारी दिएको छ । जसमध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध मुद्दा, किर्ते, जालसाजी, लागु औषध, कुटपिट, जुवा, सार्वजनिक अपराध लगायतका रहेका छन् ।

 

 

आर्थिक वर्ष २०७९÷८० मा ९ हजार ७ सय ३८ वटा कुखुरा ३ हजार २ सय वटा चल्ला अवैध कुखुरा बरामदमा गरिएको छ भने यस वर्ष २ हजार ९ सय ७६ वटा कुखुरा ४ हजार ५ सय चल्ला गरी पछिल्लो एक वर्षमा १ करोड १८ लाख बढि मुल्य बराबरको अवैध कुखुरा तथा चल्ला नियन्त्रणमा लिएको छ । यसमा संलग्न ३२ वटा मोटरसाइकल पनि यस आर्थिक वर्षमा नियन्त्रणमा लिइएको कार्यालयले जानकारी दिएको छ । अवैध माछा नियन्त्रणमा पनि कार्यालय मातहतबाट भारि मात्रामा माछा तथा सिद्रा नियन्त्रणमा लिइएको छ ।

 

 

 

सडक दुर्घटना न्युनीकरण तथा सडकहरुमा चेकजाच गर्न सजिलोको लागी बिभिन्न सघं सस्थासगंको समन्वयमा १८ वटा आधुनिक  ब्यारिकेड निर्माण गरेको छ । त्यस्तै पछिल्लो एक वर्षमा महिला हिसां, आत्महत्या न्युनिकरण, बोक्सा प्रथा,लागु औषध नियन्त्रण लगायतका ५ सय ४ वटा बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरीएको छ । समाजलाई सुरक्षित तुल्याउन, अपराध अनुसन्धानमा सहयोग पुर्‍याउन १२७ वटा सिसिटिभी जडान गरि निगरानी बढाइएको छ ।

 

 

 

सैनामैना न.पा. वडा नं.२ उछिटिहवा स्थित प्लटिङ गरेको खेतमा नामथर वतन नखुलेको अन्दाजी बर्ष ४० को एक जना पुरुष ब्यक्तिलाई कर्तव्य गरी मारेको घटना सम्बन्धमा अनुसन्धानका क्रममा संलग्न ३ जना मानिसहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याइएको छ  । यस्तै बिभिन्न मिति र समयमा भएका विष्फोटक पदार्थ विष्फोट भएको घटना सम्बन्धमा अनुसन्धानका क्रममा मधेश पिपुल्स पार्टीको नामबाट फोन मार्फत फिरौती रकम माग गरी धम्की दिएका घटनामा संलग्न ३ जनालाई पक्राउ कानुनि दायरामा ल्याइएको, चोरीका घटनामा भारत गोरखपुरकी गीता तिवारी (लेडी डन) र भारत नौतनवाका ओसमा अली सहित अन्य ३ जनालाई हतियार, गोली तथा चोरी कार्यमा प्रयोग गर्ने औजार सहित पक्राउ गरी कानुनि दायरामा ल्याइएको, यस्तै हुन सक्ने चोरी, डकैती, लुटपाटका घटना, लागुऔषध दुर्व्यसन नियन्त्रण, अपराध नियन्त्रण रोकथाम गर्दै शान्त पुर्ण बातावरण निर्माण गर्ने उद्देश्य अनुरुप जिल्ला भरी नै संचालन हुने गरी पौष देखी लागु हुने गरी क्लीन स्वीप अप्रेश्न अभियान सुरु गरीएको छ जसमा २४ सै घण्टा परिचालन हुने गरी प्रहरी परिचालन छन । यसबाट एक महिनामा चोरीका २३ वटा मोटरसाइकल, २ वटा कार तथा लागुऔषध कारोवारमा संलग्न ८ जनालाई पक्राउ गरीएको र ४ वटा मोटरसाइकल सम्बन्धित धनिलाई बुझाइएको छ ।

 

 

प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिने गरिएको छ । संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने प्रहरीलाई कारवाही गर्ने गरिन्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको हाल सम्म २० जना प्रहरी कारवाहीमा परेका छन ।  कारबाही हुनेमा ९ जनाले नसिहत, ४ जनाले सख्त चेतावनी, १ जनालाई सेवाबाट हटाइएको, १ जना निलम्बनमा परेको, २ जनाको पदोन्नती रोक्का, ३ जनाको तलब बृद्धि रोक्का गरिएको छ  भने ७५ जनालाई पुरस्कृत गरिएको छ । गत आर्थिक वर्षमा ३३ जनालाई कारवाही भएको थियो भने १ सय १८ जना पुरस्कृत भएका थिए । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौँ,  वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो,...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

काठमाडौँ,  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत,  यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ, सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने...

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ । यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९