राैतहटः बिजयपुरमा मेयर प्रत्यासीले बुझाए १० बुन्दे ज्ञापन पत्र

रौतहट । स्थानिय फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष बिजय यादवले १० बुदेँ ज्ञापनपत्र बुझाएका छन्। मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमूख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लाई सोमवार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्। ‘देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधयभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नु परेको अवस्था छ ।यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ज्ञापनपत्रमा उल्लेख गरिएको छ। जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदाँ वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको उल्लेख गरिएकाे छ ।

 

यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गरेका छौं मेयर प्रत्याशी बिजय यादवले भने। ‘नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् ।नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् । यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् । उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले नगरपालिकाले समयमा पैसा न तिर्दा आम नागरिकको लाईनको समस्या समधान गरियोस। सेप्टी टयानकी सरसफाई निःशुल्क होस, मालपोतको कर निःशुल्क होस, शिक्षक, कर्मचारी र समाजिक सुरक्षा भता वितरण कार्य समयमा गरियोस, नगर भरीको सम्पूर्ण सुकुम्बासीको समस्या चाडै समधान गरियोस,नगर भरीका सम्पूर्ण अस्पतालमा औषधी आपृती गरियोस,सिँचाइको ब्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने , हाम्रा मागहरु प्रति बेवस्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

उक्त अवसरमा मेयर प्रत्यासी विजय यादवसँगै आजपा स्थायी कमिटी सदस्य पूर्व उपमेयर कान्त्ती देबी महतो, प्रदिप पटेल, केन्द्रीय सदस्य ब्रहृमानरायण यादव, रामासंकर पासवान, सहेन्द्र साह, रामशरण यादव, मुकेश साह महिला नेतृ सुनिता महतो लगायतका उपस्थीती रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९