थापा शारदानगर । पश्चिम चितवनको भरतपुर महानगरपालिका २० शारदानगर चितवन र भातृ संस्थाहरूको आयोजना नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार कार्यालय भरतपुर चितवनको प्राविधिक सहयोगमा एक कार्यक्रम बिच बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मानवता सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने अभिप्रायलाई आत्मसात् गर्दै मगर संघले नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४७औं दिवसको अवसर पारी बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा ३० जना पुरुष र १५ जना महिला गरी ४५ जनाले रक्तदान गरेका छन्। मगर संघले आफ्नो भेषभुषा, भाषा, कला, संस्कृति र पहिचानको जगेर्ना सँगै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, राष्ट्रिय भलिबल प्रतियोगिता लगायत सामाजिक कार्यहरूमा सक्रियता देखाउँदै आइरहेको छ।





























































































































































