४० वर्ष सामाजिक बहिष्कारको सजाय भोगेका महोत्तरीका शंकर राय

महोत्तरी ।  चार वर्षअगाडि बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्कारको शिकार बन्नुपर्र्यो । यसको एक मात्र कारण थियो, बुबा अनुठा यादवको मृत्यु संस्कार ७ दिनमात्र गर्नु । यसको सजाय यादवले सामाजिक बहिष्कार मात्र भोगेनन् गाँउवाट नै विस्थापित हुन बाध्य हुनुपर्र्यो । पहाडका धेरै ठाँउहरुमा पुराना संस्कारहरुको विरुद्ध विद्रोह सुरु भए पनि मधेशका देहातमा भने यसलाई अनौठो र दुस्साहसको रुपमा लिइन्छ, जसको परिणाम कठोर र निकै दर्दनाक सामाजिक सजायको भुक्तभोगी बन्नुपर्ने यादवमाथि घटेको घटनाले नै पुष्टि गर्दछ ।यस्तै अर्को घटना घटेको छ, महोत्तरीको महोत्तरी गाउँपालिकाअन्तर्गत रतिबाडामा । केही हप्ताअगाडि मृत्यु भएकी आफ्नो आमा शिवज्योती यादवको मृत्यु संस्कार बहिष्कार गरेपछि कान्छो छोरा शंकर राय चौथो पटक सामाजिक बहिष्कारको शिकार बनेको खुलासा भयो ।भनिन्छ, कुनै पनि संस्कारहरु धर्मवाट निर्देशित हुन्छन् । तर, धर्मकर्ममा निकै आस्था राख्ने मधेशको भित्री देहात रतिवाडामा रायले गरेको बहिष्कार अहिले मधेशमा चर्चाको  विषय बनेको छ ।
अझ अचम्म लाग्दो त कहाँनिर छ भने रायको सांंस्कृतिक विद्रोह न यो पहिलो हो न त सामाजिक बहिष्कार नै । उनले जहिलेबाट सुधारात्मक संस्कारमा जोड दिए, त्यति बेलादेखि नै कथित सामाजिक बहिष्कारको सजाय भोगेका छन्, जुन इतिहास ४० वर्ष पुग्यो ।

धर्मकर्मकै विश्वासले विकसित भएको समाजमा रायले चार÷चार पटकसम्म कसरी सामाजिक बहिष्कारको सजाय भोग्नुपर्र्यो त भन्ने विषय आममानिसका लागि थप कौतहुल बन्न सक्छ  । २०३८ सालदेखि नै वामपन्थी विचारक रायले धर्मका नाममा हुने फजुल खर्च अवैज्ञानिक भएको भन्दै गाउँमा जागरणको सुरुवात गरेका थिए । यसैको परिणामस्वरूप पहिलोपटक सामाजिक बहिष्कार भोगेका रायको अविछिन्न र अविचलित यात्रा अहिलेसम्म जारी छ ।
आमाको मृत्यु संस्कारको वहिष्कार पनि यसैको निरन्तरता हो, जुन सजाय राय चौथो पटक भोग्दै छन् ।   

२०५४ सालमा रायको दोस्रो सांस्कृतिक विद्रोह 

२०५४ सालमा रतिवाडामा नै रायको काकीको निधन भयो । त्यतिबेला पनि रायले क्रियाकर्म गर्न मानेनन् । दाजुभाइले गरे, तर उनले काकीको क्रियाकर्ममा लाग्ने खर्च गाउँकै एक विद्यालयलाई दान गरे । तात्कालीन समयमा २४ हजार ९ सय रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेर २ विद्यार्थी बस्ने २ कोठा निर्माण भयो । ‘जुन अहिले काकीको सम्झनामा जीवन्त बनिरहेको छ,’ उनले भने, ‘बाहुनहरुलाई गरिने खर्च सामाजिक काममा किन नलगाउने भन्ने उद्देश्यले त्यति बेला पनि मैले सांस्कृतिक विद्रोहको सुरुआत गरेको  हुँ ।’तर, यो विद्रोह रायको लागि निकै महंगो बन्यो । दाजुभाइबाट बहिष्कार बन्नुपर्र्यो । छोएको खाना गाउँमा चल्न छाड्यो । गाउँ प्रवेशमा निषेध गरियो । राय यसमा अझै विचलित भएनन् । उनलाई के विश्वास थियो भने संस्कारका नाममा हुने फजुल खर्च गलत छ ।

गाउँमा बस्न नसकेपछि जनकपुरमा  

पारिवारिक दवाव, सामाजिक अपहेलना तथा बहिष्कारका बाबजुद पनि सांस्कृतिक विद्रोहको परिणामस्वरूप उनी रतिवाडावाट विस्थापन बन्नुपर्र्यो । सामूहिक सोचविपरीत जहिल्यै फरक मत राखेकै आधारमा सामाजिक रुपमा एक्लिएपछि गाउँ नै छाड्न बाध्य बन्नुपरेको राय बताउँछन । तर, पारिवारिक भित्री माया भने रायले सधै महसुस गरिरहे ।मृत्युअघि आमा शिवाज्योती पनि रायसँगै बसेकी थिइन् । जेठा दाइ देवेन्द्र राय रातिबाडामा नै बस्छन् । दाजु देवेन्द्रले भाइको स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गरेनन्, बरु भाइ शंकरले भातिजाहरुको ब्रतबन्ध नै नगर्ने निष्कर्षमा पुगेपछि कान्छोलाई भने भारतको बैधनाथ धाममा पुगेर जनै लगाइदिएका थिए ।

छोराहरूको कै कारण तेस्रोपटक परिवारलाई निषेध 

रायका दुई छोरा छन्, प्रवेश राय र अभिलव राय । रायलाई गाउँमा निषेध गरे पनि दाजु देवेन्द्रको सामाजिक ऐक्यबद्धताका कारण परिवारलाई हेर्ने दृष्टिकोण भने अलि फरक थियो ।एकदिन प्रवेश र अभिलव रतिवाडा गएका थिए । ‘गाँउमा एक ठाँउमा बंगुर काटिएछ,’ रायले भने, ‘छोराहरुलाई मासु खान मन लागेपछि गाउँमा नै बंगुरको मासु खाएछन्, यसैलाई लिएर मलाई हेर्ने दृष्टिकोण सामाजमा थप साँघुरो बन्यो ।’ कथित जातीय व्यवस्थाको कारण खानामा समेत बर्गीकरण हुनु रायलाई मन पर्दैनथ्यो । मानिसको इच्छालाई जात व्यवस्थाकै कारण निषेध गर्नु रायको लागि असह्य नै थियो ।बंगुरको मासु छोराले खाएपछि रायको लागि अर्को सामाजिक विद्रोह बन्यो । भड्काउने र धर्मलाई निस्तेज बनाउने आरोप खेप्दै आएका रायलाई छोराले बंगुरको मासु खाएपछि समाजलाई पुष्ट्याई गर्ने महत्वपूर्ण आधार बन्यो । पुनः राय असामाजिक र धर्मविरोधीकोरुपमा रतिबाडामा चिनिए ।

४० वर्षपछि सामाजिक सजायबाट मुक्ति 

धर्म र संस्कारको नाममा अफवाह फैलाएको भन्दै २०३८ सालदेखि नै सामाजिक बहिष्कारको सिकार बनेका शंकर राय २०५४ सालमा काकीको क्रियाकर्म बहिष्कार गरेपछि थप सामाजिक घेराबन्दीमा परे ।समाज रायको लागि कठोर र निर्दयी बन्यो । तर, रायले सोही ठाउँको सामाजिक कार्यलाई सधैँ निरन्तरता दिइरहे । उनकै पहलमा भजन गर्ने मन्दिर मात्र बनेनन् विद्यालय र केही विकासका कामसमेत हुन् थाले । जसको परिणामस्वरूप पछिल्लो पुस्ताको सहानुभूति बढ्दै गयो । संस्कारका नाममा हुने फजुल खर्च र प्रक्रिया कम गर्नुपर्छ भन्ने उद्देश्यले रायले थालेको विद्रोहलाई स्थानीय युवाहरुले भित्रीरुपमा साथ दिन थाले ।‘२०३८ सालदेखि भोग्दै आएको सामाजिक बहिष्कार २०७८ मा आएर फुकुवा भयो,’ रायले भने, ‘युवाहरु कै कारण ४० वर्षपछि मलाई गाउँका विवाह तथा धार्मिक संस्कारहरुमा सहभागी हुने बाटो खुला भयो ।’

आमाको मृत्यु संस्कारले पुनः बहिष्कार 

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले भनेका छन् ‘धर्मले विकास गरेका संस्कृतिले वैज्ञानिकता प्राप्त गर्दै जाँदा तथा उत्पादन, संघर्ष र वैज्ञानिक खोज अनुसन्धानबाट विकसित हुने वैज्ञानिक संस्कृतिका विकासका कारण कुनै दिन धर्म विलुप्त हुनेछ ।’ शंकर रायको कतिपय क्रियाकलापले नेता गौतमले भनेजस्तै धर्म विरोधी त हैनन्  भन्ने शंका, उपशंकाहरु हुने गर्दछ । तर, राय आफू धर्मको पक्षधर नै भएको दावी गर्छन् ।

 

 

‘समाज रुपान्तरणको लागी धर्म आवश्यक छ । तर, सुधार गर्दै लैजानुपर्छ भन्ने मेरो मान्यता हो,’ राय भन्छन्, ‘म धर्मविरोधी पटक्कै हैन । तर, धर्मभित्र विकसित भएका कतिपय अन्धविश्वास र संस्कार आम मानिसको लागि पीडादायी छन् ।’यही चेतका कारणले रायले केही हप्ताअगाडि मृत्यु भएकी आमाको क्रियाकर्म नै गरेनन् । सुरुमा रायले आफ्ना दाइ देवेन्द्रलाई पनि विश्वस्त बनाएका थिए ।तर, सामाजिक दबाबले दाइले भने रतिबाडा नै आमाको १३ दिनसम्म क्रियाकर्म गरे । धार्मिक मान्यताअनुसार दाइसँगै कोरामा बस्नुपर्ने राय जनकपुरमा नै बसे । दैनिक पण्डित बोलाएर गर्नुपर्ने कामहरुमा खर्च हुने पैसा रायले मानव आश्रममा दान गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९