४० वर्ष सामाजिक बहिष्कारको सजाय भोगेका महोत्तरीका शंकर राय

महोत्तरी ।  चार वर्षअगाडि बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्कारको शिकार बन्नुपर्र्यो । यसको एक मात्र कारण थियो, बुबा अनुठा यादवको मृत्यु संस्कार ७ दिनमात्र गर्नु । यसको सजाय यादवले सामाजिक बहिष्कार मात्र भोगेनन् गाँउवाट नै विस्थापित हुन बाध्य हुनुपर्र्यो । पहाडका धेरै ठाँउहरुमा पुराना संस्कारहरुको विरुद्ध विद्रोह सुरु भए पनि मधेशका देहातमा भने यसलाई अनौठो र दुस्साहसको रुपमा लिइन्छ, जसको परिणाम कठोर र निकै दर्दनाक सामाजिक सजायको भुक्तभोगी बन्नुपर्ने यादवमाथि घटेको घटनाले नै पुष्टि गर्दछ ।यस्तै अर्को घटना घटेको छ, महोत्तरीको महोत्तरी गाउँपालिकाअन्तर्गत रतिबाडामा । केही हप्ताअगाडि मृत्यु भएकी आफ्नो आमा शिवज्योती यादवको मृत्यु संस्कार बहिष्कार गरेपछि कान्छो छोरा शंकर राय चौथो पटक सामाजिक बहिष्कारको शिकार बनेको खुलासा भयो ।भनिन्छ, कुनै पनि संस्कारहरु धर्मवाट निर्देशित हुन्छन् । तर, धर्मकर्ममा निकै आस्था राख्ने मधेशको भित्री देहात रतिवाडामा रायले गरेको बहिष्कार अहिले मधेशमा चर्चाको  विषय बनेको छ ।
अझ अचम्म लाग्दो त कहाँनिर छ भने रायको सांंस्कृतिक विद्रोह न यो पहिलो हो न त सामाजिक बहिष्कार नै । उनले जहिलेबाट सुधारात्मक संस्कारमा जोड दिए, त्यति बेलादेखि नै कथित सामाजिक बहिष्कारको सजाय भोगेका छन्, जुन इतिहास ४० वर्ष पुग्यो ।

धर्मकर्मकै विश्वासले विकसित भएको समाजमा रायले चार÷चार पटकसम्म कसरी सामाजिक बहिष्कारको सजाय भोग्नुपर्र्यो त भन्ने विषय आममानिसका लागि थप कौतहुल बन्न सक्छ  । २०३८ सालदेखि नै वामपन्थी विचारक रायले धर्मका नाममा हुने फजुल खर्च अवैज्ञानिक भएको भन्दै गाउँमा जागरणको सुरुवात गरेका थिए । यसैको परिणामस्वरूप पहिलोपटक सामाजिक बहिष्कार भोगेका रायको अविछिन्न र अविचलित यात्रा अहिलेसम्म जारी छ ।
आमाको मृत्यु संस्कारको वहिष्कार पनि यसैको निरन्तरता हो, जुन सजाय राय चौथो पटक भोग्दै छन् ।   

२०५४ सालमा रायको दोस्रो सांस्कृतिक विद्रोह 

२०५४ सालमा रतिवाडामा नै रायको काकीको निधन भयो । त्यतिबेला पनि रायले क्रियाकर्म गर्न मानेनन् । दाजुभाइले गरे, तर उनले काकीको क्रियाकर्ममा लाग्ने खर्च गाउँकै एक विद्यालयलाई दान गरे । तात्कालीन समयमा २४ हजार ९ सय रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेर २ विद्यार्थी बस्ने २ कोठा निर्माण भयो । ‘जुन अहिले काकीको सम्झनामा जीवन्त बनिरहेको छ,’ उनले भने, ‘बाहुनहरुलाई गरिने खर्च सामाजिक काममा किन नलगाउने भन्ने उद्देश्यले त्यति बेला पनि मैले सांस्कृतिक विद्रोहको सुरुआत गरेको  हुँ ।’तर, यो विद्रोह रायको लागि निकै महंगो बन्यो । दाजुभाइबाट बहिष्कार बन्नुपर्र्यो । छोएको खाना गाउँमा चल्न छाड्यो । गाउँ प्रवेशमा निषेध गरियो । राय यसमा अझै विचलित भएनन् । उनलाई के विश्वास थियो भने संस्कारका नाममा हुने फजुल खर्च गलत छ ।

गाउँमा बस्न नसकेपछि जनकपुरमा  

पारिवारिक दवाव, सामाजिक अपहेलना तथा बहिष्कारका बाबजुद पनि सांस्कृतिक विद्रोहको परिणामस्वरूप उनी रतिवाडावाट विस्थापन बन्नुपर्र्यो । सामूहिक सोचविपरीत जहिल्यै फरक मत राखेकै आधारमा सामाजिक रुपमा एक्लिएपछि गाउँ नै छाड्न बाध्य बन्नुपरेको राय बताउँछन । तर, पारिवारिक भित्री माया भने रायले सधै महसुस गरिरहे ।मृत्युअघि आमा शिवाज्योती पनि रायसँगै बसेकी थिइन् । जेठा दाइ देवेन्द्र राय रातिबाडामा नै बस्छन् । दाजु देवेन्द्रले भाइको स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गरेनन्, बरु भाइ शंकरले भातिजाहरुको ब्रतबन्ध नै नगर्ने निष्कर्षमा पुगेपछि कान्छोलाई भने भारतको बैधनाथ धाममा पुगेर जनै लगाइदिएका थिए ।

छोराहरूको कै कारण तेस्रोपटक परिवारलाई निषेध 

रायका दुई छोरा छन्, प्रवेश राय र अभिलव राय । रायलाई गाउँमा निषेध गरे पनि दाजु देवेन्द्रको सामाजिक ऐक्यबद्धताका कारण परिवारलाई हेर्ने दृष्टिकोण भने अलि फरक थियो ।एकदिन प्रवेश र अभिलव रतिवाडा गएका थिए । ‘गाँउमा एक ठाँउमा बंगुर काटिएछ,’ रायले भने, ‘छोराहरुलाई मासु खान मन लागेपछि गाउँमा नै बंगुरको मासु खाएछन्, यसैलाई लिएर मलाई हेर्ने दृष्टिकोण सामाजमा थप साँघुरो बन्यो ।’ कथित जातीय व्यवस्थाको कारण खानामा समेत बर्गीकरण हुनु रायलाई मन पर्दैनथ्यो । मानिसको इच्छालाई जात व्यवस्थाकै कारण निषेध गर्नु रायको लागि असह्य नै थियो ।बंगुरको मासु छोराले खाएपछि रायको लागि अर्को सामाजिक विद्रोह बन्यो । भड्काउने र धर्मलाई निस्तेज बनाउने आरोप खेप्दै आएका रायलाई छोराले बंगुरको मासु खाएपछि समाजलाई पुष्ट्याई गर्ने महत्वपूर्ण आधार बन्यो । पुनः राय असामाजिक र धर्मविरोधीकोरुपमा रतिबाडामा चिनिए ।

४० वर्षपछि सामाजिक सजायबाट मुक्ति 

धर्म र संस्कारको नाममा अफवाह फैलाएको भन्दै २०३८ सालदेखि नै सामाजिक बहिष्कारको सिकार बनेका शंकर राय २०५४ सालमा काकीको क्रियाकर्म बहिष्कार गरेपछि थप सामाजिक घेराबन्दीमा परे ।समाज रायको लागि कठोर र निर्दयी बन्यो । तर, रायले सोही ठाउँको सामाजिक कार्यलाई सधैँ निरन्तरता दिइरहे । उनकै पहलमा भजन गर्ने मन्दिर मात्र बनेनन् विद्यालय र केही विकासका कामसमेत हुन् थाले । जसको परिणामस्वरूप पछिल्लो पुस्ताको सहानुभूति बढ्दै गयो । संस्कारका नाममा हुने फजुल खर्च र प्रक्रिया कम गर्नुपर्छ भन्ने उद्देश्यले रायले थालेको विद्रोहलाई स्थानीय युवाहरुले भित्रीरुपमा साथ दिन थाले ।‘२०३८ सालदेखि भोग्दै आएको सामाजिक बहिष्कार २०७८ मा आएर फुकुवा भयो,’ रायले भने, ‘युवाहरु कै कारण ४० वर्षपछि मलाई गाउँका विवाह तथा धार्मिक संस्कारहरुमा सहभागी हुने बाटो खुला भयो ।’

आमाको मृत्यु संस्कारले पुनः बहिष्कार 

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले भनेका छन् ‘धर्मले विकास गरेका संस्कृतिले वैज्ञानिकता प्राप्त गर्दै जाँदा तथा उत्पादन, संघर्ष र वैज्ञानिक खोज अनुसन्धानबाट विकसित हुने वैज्ञानिक संस्कृतिका विकासका कारण कुनै दिन धर्म विलुप्त हुनेछ ।’ शंकर रायको कतिपय क्रियाकलापले नेता गौतमले भनेजस्तै धर्म विरोधी त हैनन्  भन्ने शंका, उपशंकाहरु हुने गर्दछ । तर, राय आफू धर्मको पक्षधर नै भएको दावी गर्छन् ।

 

 

‘समाज रुपान्तरणको लागी धर्म आवश्यक छ । तर, सुधार गर्दै लैजानुपर्छ भन्ने मेरो मान्यता हो,’ राय भन्छन्, ‘म धर्मविरोधी पटक्कै हैन । तर, धर्मभित्र विकसित भएका कतिपय अन्धविश्वास र संस्कार आम मानिसको लागि पीडादायी छन् ।’यही चेतका कारणले रायले केही हप्ताअगाडि मृत्यु भएकी आमाको क्रियाकर्म नै गरेनन् । सुरुमा रायले आफ्ना दाइ देवेन्द्रलाई पनि विश्वस्त बनाएका थिए ।तर, सामाजिक दबाबले दाइले भने रतिबाडा नै आमाको १३ दिनसम्म क्रियाकर्म गरे । धार्मिक मान्यताअनुसार दाइसँगै कोरामा बस्नुपर्ने राय जनकपुरमा नै बसे । दैनिक पण्डित बोलाएर गर्नुपर्ने कामहरुमा खर्च हुने पैसा रायले मानव आश्रममा दान गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ’

काठमाडौँ, अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।‘एक्सेस प्लानेट’द्वारा अनुसन्धान गरिएको ‘किनाराका आवाजहरू : नेपालमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको स्थिति अनुसन्धान’ मा २०० सहभागीमध्ये ९५ जनाले न्यायिक निकायहरूले सहयोगी र...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९