कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७०० प्रहरी परिचालन

रौतहट ।  रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे ।

 

बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल भएर शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।  घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा  शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुबैपक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या एकीन नभएको जनाएको छ।

 

शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जानेक्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दुपक्षले गुनासो गर्दै आएको छ।

 

उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुबै पक्षलाई राखेर  मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो । सहमतिविपरीत मुस्लिम समुदायका  केही उच्छृंखल युवाहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त  बनेपछि  मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यू आदेश जारी भएको थियो।

 

कर्फ्यू आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ। दुवै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन्। हाल कर्फ्यू भित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ। मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

 

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सातसय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। ईशनाथ- ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ स्थलगत खटेका छन्। दुबै समुदायलाई सम्झाइ बुझाइ बिग्रिएको भाईचारा बनाउन सके ठूलो उपलब्धि हुने एसपी श्रेष्ठको भनाइ छ।

 

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल २४ घन्टा देखि ईशनाथ केन्द्रित भएका छन्। उनले दुवै समुदाय बिगतको जस्तै मिलेर बसेको जस्तै पुनः मिलाउने आफूहरु प्रयासरत रहेको बताएका छन।  संघीय सांसद किरण साहले शनिबार भएको दुईपक्षीय सहमती तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन्। विगत लामो समयदेखि संसदीय निर्वाचन क्षेत्र- २ अन्तर्गत हिन्दू समूदायले मनाउने पर्व माथि पटकपटक अर्का समुदाय बाट हस्तक्षेपको प्रयास हुँदै आएको छ। सरस्वती पूजा, दुर्गा पूजा, महाबिरी झण्डीमा बिभिन्न बाधा अवराेध पुर्‍याइँदै आएको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौँ,  वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो,...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

काठमाडौँ,  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत,  यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ, सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने...

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ । यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९