कांग्रेस महासमिति बैठकमा फरक मत राख्दै महर, १२६ पत्रको दृष्टिपत्र पेस गर्ने

काठमाडौं।  मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ।

 

 

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

 

 

तर, यहीबीचमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले फरक प्रस्ताव पेस गर्ने भएका छन्। महर महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरूले पेस गर्ने राजनीतिक दस्ताबेजसँग सन्तुष्ट छैनन्। त्यसैले उनले १२६ पृष्ठको फरकै दस्ताबेज पेस गर्ने भएका हुन्। उनले उक्त दस्ताबेजलाई कांग्रेसको दृष्टिपत्र भएको बताएका छन्।

 

बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्तिमा छलफल नै नगरी तयार भएको बताउँदै उनले त्यसमा सन्तुष्ट हुन सक्ने आधार नभएको बताए। छलफल नै नगरी तयार पारिएका प्रतिवेदन एकल व्यक्तिका अभिव्यक्ति जस्ता हुने बताउँदै उनले ती प्रतिवेदनले सिंगो पार्टीको धारणा समेट्न नसक्ने बताए।

 

 

‘पदाधिकारीहरूले मिलेरमात्रै तयार पारिएको प्रतिवेदनमा हाम्रो कुरा कहीँ सुनिएन। केन्द्रीय समितिको आवाज सुनुवाइ हुनुपर्छ। देशभरका महासमिति सदस्यहरूको आवाज सम्बोधन हुनुपर्छ। त्यो नहुने देखिएपछि सबैसँग समन्वय गरेर मैले फरक प्रस्ताव पेस गर्ने भएको हुँ,’ उनले भने।

 

 

महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनको भनाइ छ।आफूले तयार गरेको प्रतिवेदन महासमिति सदस्यहरूका बीचमा छलफल गराउन पार्टीले प्रवेश नगराए प्रतिनिधिहरूलाई वितरण गरिने उनले बताए।

 

 

पाटीभित्र टिकट वितरण संरचना अनुसार तत् तत् पार्टी संरचनाले टुंगाउनु पर्ने उल्लेख गरेका छन्। जनताको भरोसा प्राप्त प्रतिष्ठित व्यक्तिलाई निश्चित प्रतिशतमा ल्याटरल इन्ट्रीमार्फत पार्टीमा प्रवेश गराउनुपर्ने उनको तर्क छ।पार्टीको एक पदमा बढीमा दुईपटक र उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ।

 

 

‘कांग्रेस नेतृत्वमा बनेको संविधानको कार्यान्वयन, ‘नि:शुल्क स्वास्थ्य, शिक्षा, गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार, नेपाली कांग्रेसको अधिकार’, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा पार्टीको अभियान, कृषिको आधुनिकीकरण र आत्मनिर्भरता, ऊर्जाको अधिकतम उत्पादन, उपयोग र व्यापार, सुरक्षित र दिगो पर्यटन प्रवर्द्धन, राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीत मैले प्रतिवेदनमा समेटेको छु,’ उनले भने।

 

 

यसका साथै डिजिटल इकोनोमी, सुशासनको स्थापना र भ्रष्ट्राचारको अन्त्य, दिगो विकास लक्ष्य हासिल गर्न सङ्कल्पित, प्रविधिमैत्री कांग्रेसको निर्णय, विधानको अक्षरशः पालना, पार्टीमा थिङ्क ट्याङ्को स्थापना र उपयोगलगायत विषय प्रतिवेदनमा समावेश गरिएको महरले जनाए।

 

 

घोषणापत्रमा युवा कांग्रेसको स्थापना, प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता प्राप्ति, क्रियाशील सदस्यता र नवीकरण गर्दा सम्पत्ति विवरणको सार्वजनिकीकरण, पार्टीमा एक व्यक्ति एक पद दुई पटक, एक व्यक्ति ३ पटकमात्र सांसदको उम्मेदवार, कांग्रेस आफ्नै सङ्गठनको बलमा एक्लै चुनावी प्रतिस्पर्धामा जाने, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष पार्टीको केन्द्रीय सदस्य, तीनै तहको सरकार सञ्चालनको लागि संयन्त्रको निर्माण, वडा सभापतिको नेतृत्वमा वडा स्तरीय भ्रातृ संस्था सम्मिलित एकीकृत टिम निर्माण र परिचालन, पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू तल्लो तहबाटै महाधिवेशनमा प्रतिनिधिमा निर्वाचित हुनुपर्ने, हरेक महादेशबाट जनसम्पर्क समितिको प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा उपस्थिति, गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाएर चुनाव लड्ने प्रवृत्ति हटाउनेलगायत विषयलाई महरले प्राथमिकताका साथ उठाएका छन्।

 

आजबाट सुरु हुने बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष  सहभागी हुने जनाइएको छ।यस्तो छ महरले तयार पारेको १२६ पृष्ठको दृष्टिपत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

दाङमा करिब एक हजार सात सय मतदाता थपिए

तुलसीपुर (दाङ),  यहाँ एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुरु भएको नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् । गत असोज १२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ,  मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ । उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

बिडिसिए कपः एकदिवसीय क्रिकेट सुरु

बैतडी, प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करण आजदेखि सुरु भएको छ । क्रिकेट सङ्घको आयोजनामा दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सुरु भएको प्रतियोगिता आज यहाँ आयोजित एक समारोहकाबीच उद्घाटन गरिएको हो ।   प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गर्नुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९