मुगुवाासी गाईपालनमा आकर्षित, दूध बेचेरै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी 

मुगु  । हरियो टिनको छानाले छाएको टहरा । अलि भिरालो जग्गा । बाहिर काठबाट निर्माण भएका अनि बार लगाएको गाईको गोठ । त्यहि गोठमा एक दर्जनभन्दा बढी गाईहरु छन् । सदरमुकाम गमगढी बजारबाट अलि तल पुगेपछि गाईको आवाज वरपर गर्दा कानमा गुन्जिरहन्छ ।

 

 

दूर्गम हिमाली जिल्ला मुगुका एक दम्पतिले गाईपालनबाट सफलताका कथाहरु बुनिरहेका छन् । सानैबाट कृषि क्रान्ति गर्दै आइरहेका मुगुका शाही दम्पति पछिल्लो समय गाईपालनबाट आत्मनिर्भर बन्नुका साथै सम्वृद्धिको यात्रामा हुइँकिरहेका छन् । सामाजिक सञ्जाल युट्युब हेरेर गाईपालनमा होमिएका शाही दम्पति उत्साहपूर्वक व्यावसायिक गाईपालनमा सक्रिय रुपमा लागिपरेका छन् ।

 

 

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १ का अदानसिंह शाही । उमेरले ५० वर्ष पुगे । २०७७ सालदेखि गाईपालन सुरु गरेका शाही दम्पति पछिल्लो समय मनग्य आम्दानी गर्दै आइरहेका छन् ।  ५ वटा गाईपालनबाट कृषि पेसाको थालनी गरेका शाही अहिले १३  वटा गाई पालिरहेका छन् ।

 

 

फेन्सी पसल गरेका शाही त्यो व्यवसायबाट राम्रो आम्दानी हुने संकेत नदेखिएपछि अहिले गाईपालनमा होमिएका छन् । जम्मा १८ वटा गाईपालनसम्म गरिरहेका उनीसँग अहिले १३ वटा गाई छन् । विगत तीन वर्षदेखि गाईपालनमा होमिएका शाही दम्पतिहरुको हिजोआज दिनचर्या गाई गोरुसँग बितिरहेको छ ।

अहिले उनीहरु गाई पालन व्यवासयबाट सन्तुष्ट छन् । सामाजिक सञ्जाल फेसबुक, युट्युबजस्ता सामग्री हेरेर गाईपालनमा होमिएका शाही दम्पति अहिले सफलताको यात्रामा लम्किरहेका छन् । प्रायः सामाजिक सञ्जालले नागरिकहरुलाई नकारात्मक सन्देश प्रवाह र अफवाह, विकृति मात्र सन्देश फैदाउने गर्दा नराम्रो असर परेको छ, तर त्यहि सञ्जालले शाही दम्पतिको लागि प्रेरणाको श्रोत बन्नुका साथै सफलताको यात्रामा डोहो¥याको छ ।

 

 

 

एउटा गाईले दैनिक ३ लिटरभन्दा बढी दूध दिने गरेको छ ।  उनीहरुले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । गमगढी बजारमा उनका दैनिक ३० भन्दा बढि नियमित ग्राहक छन् भने अन्य फुटकर पनि ग्राकह बनाएका छन् । बजारमा नियमित ग्राहकलाई ८० रुपैंया र फुटकर ग्राहकलाई प्रतिलिटर एक सयका दरले दूध बिक्री गदै आइरहेका छन् ।

 

 

सदरमुकाम गमगढी बजार लगायत आसपासका क्षेत्रहरुमा दूध बिक्री गर्न जाँदा बालबालिकाले पनि पर देख्दा दूध बाजे भनेर सम्बोधन गर्ने गरेका शाहीको भनाई छ । दूध बिक्रीबाट मासिक ४० देखि ६० हजारसम्मको कारोबार गर्दै आइरहेका छन् । घर खर्च, छोराछोरी पठनपाठन गाईपालनबाटै सम्हाल्दै आएका छन् ।

 

 

शाही दम्पतिले गाईपालन मात्रै होइन । कृषि तरकारी खेती पनि सँगसँगै अगाडि बढाएका छन् । मौसमी तथा बेमौसमीमा उत्पादन हुने तरकारी हरियो सागपात, काउली, धनियाँ, प्याज टमाटर जस्ता तरकारी उत्पादन गरेका छन् । तरकारी खेतीबाट पनि उनीहरु आत्मनिर्भर बन्दै गएको अदानसिंहकी श्रीमती विस्णुमाया शाहीले बताइन् ।

 

 

गाईपालन गर्दा धेरै ख्याल गर्नुपर्ने उनीहरु बताउँछन् । गाईलाई एकै समयमा खुवाउने, दुहुने समय पनि एउटै हुनुपर्दो रहेछ । उन्नत जातका गाईमा ’बाँझोपन’ हुने समस्या बढी छ । गाई समयमा बाली नहुँदा कतिपय किसान घाटा बेहोर्न बाध्य छन् । गर्भाधान गराउँदा गाईले ९० प्रतिशत बाच्छी जन्माउने सम्भावना हुन्छ । कृषि क्षेत्रमा धेरै सम्भावना रहको किसानहरु बताउँछन् । तर, राज्यको कृषिप्रतिको नीति स्पष्ट किसानमैत्री नहुनु र विचौलियाको बिगबिगीले र वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा लगानी गर्न नमान्दा सम्भावना भएको क्षेत्रमा पनि चुनौती धेरै रहेको किसानहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९