कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) सोमबारदेखि ललितपुरको गोदावरीमा जारी छ। महाधिवेशनमा देशभित्र र बाहिरबाट हजारौं महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुवेच्छुकहरूको सहभागिता रहेको छ।

 

 

महासमितिमा विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिका प्रतिनिधिहरूले पनि सहभागिता जनाइरहेका छन्। उनीहरूले आफूहरू नेपाल र नेपालको राजनीतिप्रति गम्भीर रहेकाले कांग्रेस पनि आफूहरूका भावनाको सम्मान गर्न अग्रसर हुनुपर्ने धारणा राखेका छन्।

 

 

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीको एक अंगको रूपमा ४१ देशमा जनसम्पर्क समितिहरूले काम गरिरहेको बताए। ‘हामी ४१ देशमा क्रियाशील छौं। पार्टीका प्रत्येक विधि र निर्देशन अनुसार जनसम्पर्क समिति काम गरिरहेका छौं। देश दुखेको बेला हामी पनि दुख्छौं। प्रवासबाट भूकम्प, बाढी-पहिरो जस्ता विपत्तिमा सकेको सहयोग गरिरहेका हुन्छौं। पार्टीले अहायका सबै काम इमानदारितापूर्वक गरेका छौं,’ उनले भने।

 

 

देश र पार्टीका बारेमा आफूहरू यसरी चिन्तित रहेको अवस्थामा कांग्रेसले आगामी दिनमा नेपाली जनसम्पर्क समितिलाई कसरी हेर्छ भन्ने आफूहरूको चासो रहेको विष्टले बताए। पार्टीले समितिका बारेमा कुनै नीति तय गर्नुअघि सम्बन्धित विभाग हुँदै समितिका सभापतिहरूको सुझाव पनि लिइदेओस् भन्ने आफूहरूको चाहना रहेको विष्ट बताउँछन्।

 

 

‘कांग्रेसको विधान धारा १६ को (च) मा व्यवस्था भए बमोजिमको अधिकार जनसम्पर्क समितिको हकमा लागू गरिनुपर्छ। जस अनुसार कांग्रेसको महाधिवेशनमा भाग लिन आउने जनसम्पर्क समितिका प्रतिनिधिहरू केन्द्रीय नेतृत्वका लागि उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था गरिनुपर्छ,’ उनले भने, ‘जनसम्पर्क समितिलाई ६ महादेशस्तरमा संरचना निर्माण गरी प्रत्येक महादेशबाट न्यूनतम एक/एक केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था हुनुपर्छ।’

 

 

कांग्रेसको विधानको धारा ५ को (ग) को ३ मा व्यवस्था भए बमोजिम जनसम्पर्क समितिबाट महाधिवेशन र महासमितिमा भाग लिने प्रतिनिधिलाई सम्बन्धित जिल्लाको जिल्ला कार्यसमितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा भाग लिन पाउने वैधानिक व्यवस्था गरिनुपर्ने आफूहरूको माग रहेको उनले बताए। पार्टीले स्वीकृत गर्ने जनसम्पर्क समिति सम्बन्धी विधानमा एकरूपता कायम गरिनुपर्ने विष्ट बताउँछन्।

 

 

सबै जनसम्पर्क समितिको कार्यकाल पार्टीको मूल विधानको कार्यकालसँगै चार वर्ष कायम गर्न पनि उनले माग गरेका छन्। ‘कांग्रेसले कुनै राजकीय र शासकीय लाभ र नियुक्तिका लागि जनसम्पर्क समितिको सिफारिसलाई प्राथमिकतामा राख्नुपर्छ। विभिन्न देशमा विभिन्न अवैतनिक दूत र प्रतिनिधि नियुक्ति गर्दा संगठनको संरचनामा क्रियाशील रहेका साथीहरूलाई समेट्नुपर्छ। त्यसो गर्दा योगदानको उचित कदर हुनेछ,’ उनले भने।

 

 

पार्टीमा रहेको दोस्रो दर्जाको क्रियाशील सदस्यता सम्बन्धी प्रावधान पनि तत्काल खारेज गर्न उनले माग गरेका छन्। जनसम्पर्क समन्वय विभाग गठन गर्दा विभागमा मनोनीत हुने सदस्यहरूका हकमा जनसम्पर्क समितिकै सदस्यहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने आफूहरूको माग रहेको उनले बताए। उपप्रमुख र सदस्य सचिवसहित ७५ प्रतिशत सदस्य जनसम्पर्क समितिबाट मनोनीत गरिनुपर्ने उनको धारणा छ।

 

 

‘कांग्रेसको यही महासमितिको भेलाले आगामी निर्वाचनदेखि नै विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था सम्बन्धी प्रक्रिया अगाडि बढाउन नेतृत्व लिनुपर्छ,’ उनले भने, ‘जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरूले सम्बन्धित प्रदेशहरूमा समेत मताधिकार प्रयोग गर्न पाउने वैधानिक व्यवस्था गरिनुपर्छ।’ यी विषयहरू आफूहरूले लिखित रूपमै महासमिति बैठकमा नेतृत्वलाई बुझाउने विष्टले बताए।

 

 

आफूहरूले स्वदेशमा लगानी गर्न चाहेको र त्यसका लागि पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मुलुकमा सहज वातावरण बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने विष्टले बताए। लोकतान्त्रिक हृदय भएका व्यक्तिहरू व्यापार व्यवसायको सिलसिलामा विश्वका जुनसुकै कुनामा रहे पनि देश र कांग्रेभन्दा टाढा रहन नसक्ने उनको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर,  कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा आज दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

काठमाडौँ,  यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।आज ३३५ कम्पनीको चार करोड १६ लाख...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ, देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।     विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९