क्यान इन्फोटक सुनसरीको हरिबिजोग, ६५ मध्ये ४४ स्टल खाली

सुनसरी ।बढाे ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ ।क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको हो । ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् ।परिवारका सदस्य र आफन्त भेला गरेर आयोजना गरेको क्यान इन्फाेटेककाे कोशी प्रदेश सामाजिक विकाश मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले अगाडीकाे कुर्सी सबै खालि देखेपछि मन्तव्य २ मिनेटमै सिद्ध्याए । त्यति मात्र हैन मन्त्री कार्कीले स्टलहरूको पनि अवलोकन गरेका थिए ।

अवलोकनको क्रममा अधिकांश स्टलहरू खाली देखेपछि आयोजकलाई मन्त्री कार्कीले स्टल किन खाली भनेर प्रश्न गरेका थिए । कार्यक्रमको शुभारम्भमै वरियता बिगारेर उपेक्षा गरेपछि इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेल कार्यक्रम स्थलबाट मन्तव्य नै नराखी हतारमा निस्किएका थिए ।५ दिन सम्म चल्ने क्यान मेलामा १ लाख आन्तरिक अवलोकनकर्ता भित्र्याउने र ३ करोड सम्मको कारोबार गर्ने लक्ष्य राखिए पनि पहिलो गासमै ढुङ्गा भने बराबर भएको छ । १४० भन्दा बढी सदस्य रहेको क्यान सुनसरीमा सदस्यहरू नै उपस्थित देखिएका थिएनन् ।आयोजक भित्रैका सदस्यहरूले खाली स्टलबारे चित्त नबुझेको भनी गुनासो समेत गरेका थिए । इन्फाेटेकमा नेपाली सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्ने भनिए पनि प्रायजसो स्टलहरूमा एजुकेसन, कन्सल्टेन्सी, हाेटल लगायत अन्य क्षेत्र हावि देखिएका थिए । विभिन्न सामाग्री उपकरणहरू सुपथ मूल्यमा पाउन सकिने भनिएता पनि स्टलमा प्रविधिसँग जोडिएका कुनै सामग्री देखिएका थिएनन् ।कोसी प्रदेश स्तरीय इन्फाेटेक भनिए पनि इटहरीका सीमित कम्प्युटर व्यवसायी र आयोजक आफैले स्टलहरू बुकिङ गरेका थिए ।क्यान सुनसरी इटहरी क्षेत्रका केही कम्प्युटर व्यवसायीहरुको कब्जामा परेपछि धरान, इनरुवा, दुहबी लगायतका सदस्यहरू निस्कृिय रहेका छन् । विगतमा १४० भन्दा बढी सदस्यहरू रहेको क्यान सुनसरी अहिले केही परिवारका १५-२० जनामा सीमित रहेको छ ।२०७२ चैत्र ९ गते क्यान सुनसरी विघटन गरी क्यान महासङ्घ खडा गरेकाे ७ दिन बित्न नपाउँदै धरान क्षेत्रबाट क्यानमा आबद्ध सदस्यहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाबाट बाहिरिएको घोषणा गरेका थिए ।अनावश्यक कागजी प्रक्रियामा उल्झन पार्दै निर्वाचनमा निषेध गरेपछि रुष्ट हुँदै क्यानबाटै धरान बाहिरिएको थियो ।  हालका नेतृत्वले सदस्यहरूलाई रिझाउन नसक्दा सञ्चालन गरिएको इन्फाेटेक खल्लो हुने सम्भावना देखिएको छ ।इटहरी भित्रै पनि निषेधको राजनीति हुँदा क्यानमा आबद्ध केही व्यवसायीहरू निस्कृिय झैँ बनेका छन् । नेपालमा उत्पादन भएका सूचना प्रविधिको विकास, संरक्षण तथा प्रवर्द्धन गर्ने भनी आयोजना गरिएको यस्ता इन्फाेटेक प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा स्थानीय तथा प्रदेश सरकारको बजेट झ्वाम्म पार्ने बाहेक अरू उपलब्धि केही देखिएको छैन ।विभिन्न समयमा, विभिन्न शीर्षक राखी आयोजना गरिने मेलामा भारी मात्राको छुट भन्दै स्टकमा रहेका पुराना सामग्रीहरू बिक्री गर्ने चाउमिन र मोमो मात्रै राखेर आयोजना गरिने फुड फेस्टिभल,औजार बेगरका कृषि प्रदर्शनी र पर्यटन प्रवर्द्धनको नाममा समाजमा विकृति फैलाउने महोत्सव जस्ताले लामो समयदेखि उपभोक्तालाई गुम्राहामा पार्दै आएका छन् ।यस्ता मेला, महोत्सव तथा प्रदर्शनीमाथि स्थानीय सरकारले बेलैमा नियमन गर्नुपर्ने जरुरी देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९