काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाइ महाधिवेसनको चटारो सुरू भएको छ । बालकुमारी, ललितपुरस्थित कार्यालयमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महाधिवेसनलाइ सफल बनाउनका लागि बिभिन्न समिति गठन गर्ने देखी केन्द्रिय सदस्यहरूको जिम्मेवारी बाँडफाड गरिदैँछ । हिजोबाट सुरू भएको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको प्रचार बिभाग प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसा। राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा पार्टीमा छलफल भइरहेको छ । आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने देखी व्यवस्थापनलगायतका बिषयमा छलफल जारी भएको छ ।जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८–३० गते हुदैँछ ।


































































































































































