सानो पाइला संस्थाले बेसहारा २ दिदिबहिनिको सम्पुर्ण जिम्मेवारी लिने

फागुन। पर्साको धोबिनी गाउँपालिकास्थित लंगडीका दुई जना बेसहारा दिदीबहिनीको पीडादायी अवस्थालाई मध्यनगर गर्दै सामाजिक क्षेत्रमा सक्रिय सानो पाइला संस्थाले लालनपालनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ। केहीदिन पहिलामात्र एउटी सहारा रहेकी हजुर आमासमेतको मृत्यु भएपछि बेसहारा भएका उनीहरूको सम्पूर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संस्थापक एवम् पूर्वसञ्चालक समाजसेवी कन्चन झाले जानकारी दिए।

 

 

बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा ठाकुरलाई हजुरआमा कहाँ बस्दै आएका हुन् र सानोदेखि हेरचाह तथा पालनपोषण गर्दै आएकी हजुरआमाको समेत हालसालै मृत्युपछि उनीहरूको जीवनमा अर्को दुःख थपिएको थियो। पर्साको धोबिनी गाउँपालिका लङ्गडीमा बस्ने उनीहरूलाई खानसमेत गाह्रो भइरहेको बेला सानो उमेरमै प्रियंका आफ्नो हजुरआमाको क्रियामा बसिरहेकी छन्।

 

 

हजुरआमाको क्रियाको काम सोमबार समाप्त हुनेछ। सोमबार क्रिया समाप्त हुने बित्तिकै वीरगन्जस्थित सानो पाइलाको सानो घरमा दुवै बहिनीलाई ल्याइने बताइएको छ। यस्तै उनीहरूको सहयोगको लागि पहिलेदेखि आह्वान गरिएकोले अब सम्पूर्ण सामान, पैसालगायतको कलेक्सन तुरुन्तै रोकिदिन सानु पाइलाले आग्नुरह गरेको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?