कैलाली । सन्त निरंकारी सत्संग भवन सडकपूर बौनियाको आयोजनामा सरसफाई तथा बृहत सत्संग कार्यक्रम सम्पन्न भयको छ।
यूगदृष्टा बाबा हरदेव सिंह जीको जन्म दिनको अवसर पारी विश्व भरीमा आज सरसफाई कार्यक्रम गरिएको सेवादल शिक्षक सूरत बिष्ट जानकारी दिनू भयो। स्वच्छ जल स्वच्छ मन , प्रदूषण भित्र होस या बाहिर दूवै हानिकारक हून्छ अनेकतामा एकता निरंकारी मिशनको बिशेषता लगायतका नारा लिएका पप्लेट सहित सरसफाई कार्यक्रममा सेवादलहरू साधसंगत हरुको उपस्थिति रहेको थियो।
सरसफाई कार्यक्रम पछि सन्त निरंकारी सत्संग भवन सडकपुर बौनियामा मुखि बिजय सिंह कुँवरको आतिथ्यमा बृहत सत्संग कार्यक्रम सम्पन्न भयको छ। सेवादल टेक बहादुर खड्काले संञ्चालन गरेको सत्संग कार्यक्रममा रंग नाथ भण्डारी सेवादल शिक्षक सूरत बिष्ट धर्म सिंह बि क कर्ण बिक मन्तव्य राखेका थिए ।
भने बाल सेवादल सूनिता एवम् साथि जानकी बटला खिमा टमटा लगायतकाले भजन प्रस्तुत गरेका थिए।






























































































































































