तीन पुस्ताले खिचेको फोटो एकैसाथ प्रदर्शन हुने

भक्तपुर। भक्तपुर पर्यटन विकास समितिले भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोहरुको प्रदर्शनी गर्ने भएको छ ।उनीहरुले भक्तपुर, काठमाडौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदासँगसँगै यहाँको रहनसहन, जात्रापर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी गरिने भएकाे छ । प्रदर्शनी फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्रमा हुनेछ । २ दिने प्रदर्शनी बिहान १० देखि बेलुका ५ बजेसम्म खुला रहनेछ ।
बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक–फरक काल खण्डको भक्तपुरको फोटोहरुले यहाँको परिवर्तित जीवनशैली मात्र झल्काउँदैन यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउने भक्तपुर पर्यटन विकास समितिले विश्वास लिएकाे छ । प्रदर्शनीले भक्तपुरको सांस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तनसमेत उजागर गर्ने विश्वास लिइएकाे छ । प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्बिर राखिनेछ । एउटै परिवारको तीन पुस्ताले खिचेका तस्वीरहरुको प्रदर्शनी सम्भवतः भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्ने समितिकाे भनाइ छ । प्रदर्शनीमा तीन पुस्ताले फरक–फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु पनि हेर्न सकिनेछ । यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नयाँ पुस्तालाई जानकारी मिल्ने विश्वास गरिएको छ । प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैन्। जुन तस्बिरले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सघाउन टेवा दिने केदार बनेपालीले बताए । विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नेछन् । भक्तपुर दरबार क्षेत्र स्थित तहा सत्तलमा हुने प्रदर्शनीमा राखिएका तस्वीरहरु अवलोकन सँगै बिक्रीको लागि पनि उपलब्ध हुनेछन् । बद्री प्रसाद बनेपाली

वि.सं. १९७२ सालमा जन्मिएका बद्री प्रसाद बनेपाली भक्तपुरकै सम्भवत पहिलो व्यावसायिक फोटोग्राफर हुन् । १४ वर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्केपछि केही वर्षसम्म घर घरमा गई फोटो खिचे । उनले २०१० सालमा आफ्नै घरमा दत्तात्री स्टुडियो सञ्चालन गरेर भक्तपुरमा ब्यावसायिक फोटोग्राफी सुरु गरेका थिए । प्रदर्शनीमा बद्री प्रसाद बनेपालीले ८० वर्ष अधि खिचेका तस्बिरहरु रहनेछन् ।केदार प्रसाद बनेपाली

बुबा बद्री प्रसादको प्रेरणामा १२ बर्षमै केदार प्रसाद बनेपालीले फोटोग्राफी सुरु गरेका थिए । बुबाको फोटो स्टुडियोमा फोटो खिच्ने, धुलाउने काम गरेका  केदार २०४३ सालमा नेपाल टेलिभिजनको लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भए । २०६६ सालमा टेलिभिजन रिपोर्टिङ छोडेर आफ्नै दत्तात्री स्टुडियोमा आवद्ध हुँदै आएका छन् । प्रदर्शनीमा करिब ५० वर्षअघि  केदार बनेपालीले खिचेका तस्बिरहरु राखिनेछन् ।

सुनी बनेपाली

बुबा केदारसँग फोटोग्राफी सिकेकी सुनी संभवतः भक्तपुरकै पहिलो महिला फोटो पत्रकार हुन् । उनले केही समय नेपाल टेलिभिजनको भक्तपुर संवाददाता भई काम गर्नुका साथै भक्तपुरको मजदुर दैनिक र काठमाडाैँको नेपाल समाचार पत्रमा फोटो पत्रकारको रुपमा काम गरेकी थिइन् । उनले करिब ३० वर्षअघि खिचेकाे फोटोहरु प्रदर्शनीमा रहनेछन् ।

किसन बनेपाली
बुबा केदार र दिदी सुनीको संगत र प्रेरणाले गर्दा किसनले पनि १२ वर्षको उमेरमै फोटोग्राफी सुरु गरे ।  बुबाले नभ्याएको बेला नेपाल टेलिभिजनको लागि भिडियो रिपोर्ट खिच्ने गरेका किसन च्यानल नेपालका लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भएर समेत काम गरे । उनी हाल हजुरबुबा बद्री प्रसाद र बुबा केदार प्रसादले निरन्तर सञ्चालन गर्दै आएको दत्तात्री स्टुडियोको ब्यवस्थापन हेर्दै आएका छन् । उनले २०/३० वर्षअघि खिचेकाे तस्बिरहरु प्रदर्शनीमा राखिनेछन्।         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९