काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुलाई सोमबार नै शपथ ग्रहण गराउने भएका छन् ।राष्ट्रपति कार्यालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका ५ बजे नयाँ मन्त्री शपथ गराउने जानकारी गराएका छन् । सोमबार ३ जना मन्त्रीले शपथ लिने तयारी छ । मन्त्रीहरुको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयले थालेको छ । कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
काठमाडौँ, परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित...






















































































































































