गिद्ध बासस्थान महोत्तरीको राई मण्डल यसरी बनाउन सक्छ पर्यटन केन्द्र

महोत्तरी । नवलपरासीको कावासोतीबाट ४ किलोमिटर भित्र ‘जटायु रेष्टुरेन्ट’ संचालनमा छ । पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झन्डै  १४ बर्षदेखि सञ्चालनमा रहेको उक्त  रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ । जसले गर्दा एकातिर संसारवाट लोपोन्मुख अवस्थामा रहेको यो पंक्षीको संरक्षण भएको छ भने अर्कोतिर महत्वपूर्ण पर्यटन केंन्द्रकोरुपमा विकास हुदा स्थानियहरुको आयआर्जनमा समेत वृद्धि भएको छ ।

 

तर महोत्तरीको उत्तरी क्षेत्र राईमंडल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

 

बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राईमंडल डाडामा प्राकृतिक बासस्थान बनाएका हजारौ गिद्धहरु आहाराको छटपट्टीमा रहेका छन् भने जंगल क्षेत्रमा फ्याकिएका विषाक्त मृत जनावरहरु खादा मर्ने क्रम समेत बढेको स्थानीयहरू बताउछन । राईमंडल डाडाको सेतो भिरमा अहिलेपनि जुनसुकै समयमा सयौ गिद्धहरु देख्न सकिन्छ अझ विहानको समयमा त आकाशभरी हजारौ गिद्धहरु  देख्न सकिने स्थानीय बासिन्दा बल बहादुरको भनाई छ ।

 

‘दुई देखी तिन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन ।’ उनले भने  । ‘विशेषगरी सेतो भिर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।’

 

जंगल क्षेत्र सिन्धुली-बर्दिवास सडक खण्डमा  कहिलेकाँही मरेको गाई-भैसी फ्याक्दा आहारको लागी बाक्लै  संख्यामा जम्मा भएतापनि फरक-फरक प्रजातिका गिद्ध भने विस्तारै लोप हुदै गएको स्थानीय बासिन्दाको भनाई छ । ‘हामि कुन जाति हो भन्ने त चिन्दैनौ तर याँहा ४ देखि ५ थरिका गिद्ध देख्न सकिन्छ ।’ स्थानीय विजय पोखरेलले भने । ‘यस्को उचित संरक्षण भएन भने कुनैपनि गिद्ध हाम्रा पाखामा देख्न नसकिने अवस्था बन्दै गएको छ ।’

 

अध्यनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ ।  राईमंडलका स्थानियहरुले वताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरिका गिद्ध देखिन्छन जुन फरकफरक रुपरंगका छन् ।

 

महोत्तरीका पुराना पत्रकार रविन्द्र उप्रेती वास्तव मै महोत्तरीको उत्तरी क्षेत्र गिद्धहरुको ठुलो बासस्थान भएको वताउछन । सरकारले गिद्ध सरक्षणको लागी ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान फर नेपाल (सन् २०१५–२०१९)’ भन्ने कार्यक्रम लागु गर्दैदेखी याँहाको बिषयमा कलम चलाएको स्मरण गर्दै त्यतिवेलाको संख्या अहिले निक्कै कम भएको पत्रकार उप्रेतीको भनाइ छ । ‘पहिले त पुरा आकाश नै गिद्धले ढाकेका हुन्थे ।’ उन्ले भने ।

 

पशु उपचारमा डाइक्लोफेनेकको पहिले-पहिले व्यापक प्रयोग हुनु र नासिनु, उचित हेरचाहको अभावमा स्तान्तरण हुनु जस्ता कारणले बर्दिवासको आकाशमा पहिलेजस्तो गिद्धको संख्या कम हुदै गएको उन्को तर्क छ ।

 

अहिलेको अवस्थामा पनि स्थानीय सरकारले गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केंद्रकोरुपमा विकास गर्न सकिने कतिपयको सुझाव छ । उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु वहादुर खडकाले राईमंडल आकाशमा देखिने गिद्ध र बासस्थानलाई सुरक्षित गर्न नवलपरासीको जस्तै जटायु रेष्टुरेन्ट खोल्न सकिने आधार देखिएको वताए । त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले गिद्ध हेर्नको लागी स्थलगत अनुगमन नै गरेको वताउदै वास्तवमा नै उक्त स्थललाई चराचुरुङ्गीहरुसँग जोडेर पर्यापर्यटनको रुपमा विकास गर्न सकिने महत्वपूर्ण आधार रहेको र यस्को लागी स्थानीय सरकारले तत्काल नै नेतृत्व गर्नुपर्ने  वताउँछन ।

 

अहिले चरिचरणका लागी स्थानियहरुले जंगलमा छाडेका पशुचौपायालाई बन्यजन्तुले कहिलेकाँही मार्ने र त्यसैलाई उनीहरुले आहार वनाउने हुदा बासस्थान समेत यतै वनाएको स्थानीय राजन मगर बुझाइ छ । ‘बडो रमाइलो लाग्नेगरी आकाशभरी गिद्ध घुम्दा मन नै उत्साहित हुन्छ, एकैछिन भएपनि सारा थकान मेटिन्छ ।’ उनि खुसी हुदै भन्छन ।

 

तर सरोकारवाला निकायले ध्यान नदिदा गिद्ध कै कारण मनोरम वनेको राईमंडलको अस्तित्व नै समाप्त हुने त हैन भन्ने स्थानियहरुमा चिन्ता थपिएको छ । ‘कतिपय मानिस त वाहिरवाट समेत गिद्ध हेर्न कै लागी राईमंडल आउने गर्दछन जसले यो ठाँउको महत्वलाई अनौपचारिकरुपमा प्रचारप्रसार भईरहेको छ ।’ बर्दिवास-३ का रमेश खत्रीले भने । ‘स्थानीय सरकारले यस्मा भूमिका खेलिदिनु पर्ने देखिन्छ ।’

 

स्थानीय पत्रकारहरुले स्थानीय र मुलधारका  मिडियावाट समाचार सम्प्रेषण गरेपछी यो ठाँउको चर्चा बढ्दै गएको देखिएको छ । यसैको परिणामस्वरुप विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले राईमंडल डाडामा पदयात्रा नै आयोजना गरेका छन् । उधोग बाणिज्य संघ बर्दिवासको टिम यस क्षेत्रमा भएका सम्भावनाहरुलाई लिएर संघिय मन्त्रालयमा डेलिगेसन नै गएका थियो । गिद्ध लगायत राइमंडलको पर्यटकीय सम्भावनाहरुको सम्भाव्यता अध्यन गर्न मन्त्रालयवाट केहीदिन भित्रै विज्ञ टोली नै पठाउने आस्वासन भएको संघका अध्यक्ष खड्काले जानकारी दिए ।

 

अहिले पछिल्लो समय पशुचौपायाको उपचारमा प्रयोग हुदै आएको एसिक्लोफेनेक, किटोप्रोफेन, निम्सुलाइड औषधि प्रचलनमा प्रचलनमा देखिएका छन्  यी औषधि पनि गिद्धका निम्ति केही मात्रामा हानिकारक नै भएको विज्ञहरु वताउछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९