गिद्ध बासस्थान महोत्तरीको राई मण्डल यसरी बनाउन सक्छ पर्यटन केन्द्र

महोत्तरी । नवलपरासीको कावासोतीबाट ४ किलोमिटर भित्र ‘जटायु रेष्टुरेन्ट’ संचालनमा छ । पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झन्डै  १४ बर्षदेखि सञ्चालनमा रहेको उक्त  रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ । जसले गर्दा एकातिर संसारवाट लोपोन्मुख अवस्थामा रहेको यो पंक्षीको संरक्षण भएको छ भने अर्कोतिर महत्वपूर्ण पर्यटन केंन्द्रकोरुपमा विकास हुदा स्थानियहरुको आयआर्जनमा समेत वृद्धि भएको छ ।

 

तर महोत्तरीको उत्तरी क्षेत्र राईमंडल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

 

बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राईमंडल डाडामा प्राकृतिक बासस्थान बनाएका हजारौ गिद्धहरु आहाराको छटपट्टीमा रहेका छन् भने जंगल क्षेत्रमा फ्याकिएका विषाक्त मृत जनावरहरु खादा मर्ने क्रम समेत बढेको स्थानीयहरू बताउछन । राईमंडल डाडाको सेतो भिरमा अहिलेपनि जुनसुकै समयमा सयौ गिद्धहरु देख्न सकिन्छ अझ विहानको समयमा त आकाशभरी हजारौ गिद्धहरु  देख्न सकिने स्थानीय बासिन्दा बल बहादुरको भनाई छ ।

 

‘दुई देखी तिन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन ।’ उनले भने  । ‘विशेषगरी सेतो भिर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।’

 

जंगल क्षेत्र सिन्धुली-बर्दिवास सडक खण्डमा  कहिलेकाँही मरेको गाई-भैसी फ्याक्दा आहारको लागी बाक्लै  संख्यामा जम्मा भएतापनि फरक-फरक प्रजातिका गिद्ध भने विस्तारै लोप हुदै गएको स्थानीय बासिन्दाको भनाई छ । ‘हामि कुन जाति हो भन्ने त चिन्दैनौ तर याँहा ४ देखि ५ थरिका गिद्ध देख्न सकिन्छ ।’ स्थानीय विजय पोखरेलले भने । ‘यस्को उचित संरक्षण भएन भने कुनैपनि गिद्ध हाम्रा पाखामा देख्न नसकिने अवस्था बन्दै गएको छ ।’

 

अध्यनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ ।  राईमंडलका स्थानियहरुले वताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरिका गिद्ध देखिन्छन जुन फरकफरक रुपरंगका छन् ।

 

महोत्तरीका पुराना पत्रकार रविन्द्र उप्रेती वास्तव मै महोत्तरीको उत्तरी क्षेत्र गिद्धहरुको ठुलो बासस्थान भएको वताउछन । सरकारले गिद्ध सरक्षणको लागी ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान फर नेपाल (सन् २०१५–२०१९)’ भन्ने कार्यक्रम लागु गर्दैदेखी याँहाको बिषयमा कलम चलाएको स्मरण गर्दै त्यतिवेलाको संख्या अहिले निक्कै कम भएको पत्रकार उप्रेतीको भनाइ छ । ‘पहिले त पुरा आकाश नै गिद्धले ढाकेका हुन्थे ।’ उन्ले भने ।

 

पशु उपचारमा डाइक्लोफेनेकको पहिले-पहिले व्यापक प्रयोग हुनु र नासिनु, उचित हेरचाहको अभावमा स्तान्तरण हुनु जस्ता कारणले बर्दिवासको आकाशमा पहिलेजस्तो गिद्धको संख्या कम हुदै गएको उन्को तर्क छ ।

 

अहिलेको अवस्थामा पनि स्थानीय सरकारले गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केंद्रकोरुपमा विकास गर्न सकिने कतिपयको सुझाव छ । उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु वहादुर खडकाले राईमंडल आकाशमा देखिने गिद्ध र बासस्थानलाई सुरक्षित गर्न नवलपरासीको जस्तै जटायु रेष्टुरेन्ट खोल्न सकिने आधार देखिएको वताए । त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले गिद्ध हेर्नको लागी स्थलगत अनुगमन नै गरेको वताउदै वास्तवमा नै उक्त स्थललाई चराचुरुङ्गीहरुसँग जोडेर पर्यापर्यटनको रुपमा विकास गर्न सकिने महत्वपूर्ण आधार रहेको र यस्को लागी स्थानीय सरकारले तत्काल नै नेतृत्व गर्नुपर्ने  वताउँछन ।

 

अहिले चरिचरणका लागी स्थानियहरुले जंगलमा छाडेका पशुचौपायालाई बन्यजन्तुले कहिलेकाँही मार्ने र त्यसैलाई उनीहरुले आहार वनाउने हुदा बासस्थान समेत यतै वनाएको स्थानीय राजन मगर बुझाइ छ । ‘बडो रमाइलो लाग्नेगरी आकाशभरी गिद्ध घुम्दा मन नै उत्साहित हुन्छ, एकैछिन भएपनि सारा थकान मेटिन्छ ।’ उनि खुसी हुदै भन्छन ।

 

तर सरोकारवाला निकायले ध्यान नदिदा गिद्ध कै कारण मनोरम वनेको राईमंडलको अस्तित्व नै समाप्त हुने त हैन भन्ने स्थानियहरुमा चिन्ता थपिएको छ । ‘कतिपय मानिस त वाहिरवाट समेत गिद्ध हेर्न कै लागी राईमंडल आउने गर्दछन जसले यो ठाँउको महत्वलाई अनौपचारिकरुपमा प्रचारप्रसार भईरहेको छ ।’ बर्दिवास-३ का रमेश खत्रीले भने । ‘स्थानीय सरकारले यस्मा भूमिका खेलिदिनु पर्ने देखिन्छ ।’

 

स्थानीय पत्रकारहरुले स्थानीय र मुलधारका  मिडियावाट समाचार सम्प्रेषण गरेपछी यो ठाँउको चर्चा बढ्दै गएको देखिएको छ । यसैको परिणामस्वरुप विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले राईमंडल डाडामा पदयात्रा नै आयोजना गरेका छन् । उधोग बाणिज्य संघ बर्दिवासको टिम यस क्षेत्रमा भएका सम्भावनाहरुलाई लिएर संघिय मन्त्रालयमा डेलिगेसन नै गएका थियो । गिद्ध लगायत राइमंडलको पर्यटकीय सम्भावनाहरुको सम्भाव्यता अध्यन गर्न मन्त्रालयवाट केहीदिन भित्रै विज्ञ टोली नै पठाउने आस्वासन भएको संघका अध्यक्ष खड्काले जानकारी दिए ।

 

अहिले पछिल्लो समय पशुचौपायाको उपचारमा प्रयोग हुदै आएको एसिक्लोफेनेक, किटोप्रोफेन, निम्सुलाइड औषधि प्रचलनमा प्रचलनमा देखिएका छन्  यी औषधि पनि गिद्धका निम्ति केही मात्रामा हानिकारक नै भएको विज्ञहरु वताउछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९