काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।तर, आज बिहान भएको भेटघाट पछि भने वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।
‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी भएको छ’ उनले भनेका छन् ।
हिजो नेकपा एसका अध्यक्ष नेपाललाइ भेटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वर पुगेका थिए । एमाले र माओवादी तथा कांग्रेसको पनि प्रस्ताव पछि आवाश्यक निर्णय लिन नेकपा एसको सचिवालय बैठक सुरू भएको हो ।


































































































































































