पथरीशनिश्चरेमा देखियो महामारी खोरेत रोग

मोरङ । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैसिमा खोरेत रोगको सङक्रमण देखिएको छ । वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो ।हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन वडाले सुचना गरेको छ ।

 

 

यो रोग देखा परेपछि वडा न ८ का वडा अध्यक्ष नविन कार्कीले आजको दिनदेखि रोग निर्मुल नभएसम्म मंगलबारे वरपरका पशुहरुलाई बाहिर नलान सूचना जारी गरेका छन् ।यो रोग विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरि सकिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?