काठमाडौँ। विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ ।गत १४ फागुनमा तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर बाहेक)माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको हो । उक्त विधेयकमाथि अहिले सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
























































































































































