रौतहटको रंगपुर साझेदारी वनमा नियम विपरीत कटान मुटान

रौतहट। रौतहट जिल्लामा रहेको रङ्गपुर साझेदारी वन उपभोक्ता समूहमा मनलाग्दी तीव्र रुपमा बढेको छ ।रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको नयाँ कार्यसमिति बनेको केही समय पुग्न नपाउँदै समितिले मनलाग्दी सुरु गरेको हो । समितिले रङ्गपुर साझेदारी वन क्षेत्रमा रहेका  ढलापडा रुखको कटान मुछानका नाममा मनलाग्दी गर्न सुरू गरेकाे जानकारहरुले बताएका छन् ।

 

साझेदारी वन क्षेत्रमा ढलापडा कटानमुछानको नाममा यतिबेला वन क्षेत्रमा टिफर डोजर र ट्रेक्टर लगेर मनलाग्ने काम भइरहेको एक स्थानीय बासिन्दाले बएका छन् । राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कटानमुछान गर्नुपर्नेमा डिभिजन वन कार्यालयका कर्मचारीकै मिलोमतोमा बिना सूचना समितिलाई नै कटानमुछानको काम दिएको हो । कटान मुछानका लागि रु २० लाख रुपैयाँ छुट्याइएको छ ।

 

ठेकेदार मार्फत कटानमुछान गर्नुपर्नेमा त्यसो नगरी आफैंले गर्दा २० लाख रुपैयाँ पनि दायाँबायाँ गर्न सकिने र पछि काठ समेत गोप्य सूचनाका आधारमा बिक्री वितरण गर्ने मनसायले यतिबेला कटानमुछान तीव्र पारिएको छ ।

 

रङपुर साझेदारी वनका एक पूर्व अध्यक्षका अनुसार यसरी काम गर्नु सरासर गलत हो । उनका अनुसार अमानतमा समितिले आफैं काम गर्दाखेरि त्यसमा विभिन्न समस्या हुने भएकाले यसभन्दा पहिला समेत कटान मुछानका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कटानमुछानको काम हुँदै आएकोमा यसपटक वन कर्मचारीको मिलोमतोमा मनोमानी भएको हो ।

 

 

 

 

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राम केवल राय यादवले प्रदेश सरकारको पत्रका आधारमा डिभिजन वन कार्यालय रौतहटले रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहलाई अमानतमा काम गर्नका लागि पत्र दिएपछि कटानमुछानको काम तीब्र पारिएको हो ।

 

 

रङ्गपुर साझेदारी वन व्यवस्थापन समूह गठन गर्ने बेलामा वन कर्मचारीको मिलोमतोमा गोप्य रुपमा लुकाएर समिति गठन गरिएको र समिति गठन हुन नपाउँदै समितिले धमाधम कुनियत राखेर काठ कटान मुछान गर्नु राम्रो नभएको स्थानीय बासिन्दाले बताएका छन् । यस विषयमा आफूहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरिरहेको एक स्थानीय उपभोक्ताले जानकारी दिए ।

 

 

रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहले आफ्नो वन क्षेत्रमा रहेका ३३९ वटा विभिन्न प्रजातिका रुख कटानमुछान गर्ने आदेश पाएको छ । जसमा ३३० वटा साल जातका रुखहरू रहेका छन् ।

 

 

डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा, चन्द्रनिगापुर सब डिभिजन कार्यालयका प्रमुख राम केवल राय र साझेदारी वन व्यवस्थापन समूहका पदाधिकारीको मिलो महत्वमा गैरकानुनी भइरहेको स्थानीयले बताएका छन् । नियम विपरीत कटान मुछान भएको भन्दै स्थानीय उपभोक्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ।

 

 

 

साे विषयमा रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष अशोक यादवसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । अहिले रङ्गपुर साझेदारी वन व्यवस्थापन समितिको मातहतमा रहेको जङ्गलमा, इसकाभेटर, टिफर, पिकअप, र ट्रेक्टरको प्रयोग गरेर दनादन रुख कटान मुछान हुने काम भइरहेको छ।

 

डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा शैलेन्द्रकुमार मिश्र कार्यालय प्रमुख भएर आएदेखि नै वनमा विभिन्न वितण्डाहरु भइरहेको छ । मिश्रा पैसा कमाउने नियतले नै सम्बन्धित मन्त्रीलाई कुष्ट पैसा बुझाएर डिभिजन वन कार्यालय रौतहटमा आएकाले उनले रौतहटको वन जोगाउने भन्दा विनाश गर्ने तर्फ अग्रसर भइरहेको स्वयं वन कर्मचारीहरूको भनाइ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९