रौतहटको रंगपुर साझेदारी वनमा नियम विपरीत कटान मुटान

रौतहट। रौतहट जिल्लामा रहेको रङ्गपुर साझेदारी वन उपभोक्ता समूहमा मनलाग्दी तीव्र रुपमा बढेको छ ।रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको नयाँ कार्यसमिति बनेको केही समय पुग्न नपाउँदै समितिले मनलाग्दी सुरु गरेको हो । समितिले रङ्गपुर साझेदारी वन क्षेत्रमा रहेका  ढलापडा रुखको कटान मुछानका नाममा मनलाग्दी गर्न सुरू गरेकाे जानकारहरुले बताएका छन् ।

 

साझेदारी वन क्षेत्रमा ढलापडा कटानमुछानको नाममा यतिबेला वन क्षेत्रमा टिफर डोजर र ट्रेक्टर लगेर मनलाग्ने काम भइरहेको एक स्थानीय बासिन्दाले बएका छन् । राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कटानमुछान गर्नुपर्नेमा डिभिजन वन कार्यालयका कर्मचारीकै मिलोमतोमा बिना सूचना समितिलाई नै कटानमुछानको काम दिएको हो । कटान मुछानका लागि रु २० लाख रुपैयाँ छुट्याइएको छ ।

 

ठेकेदार मार्फत कटानमुछान गर्नुपर्नेमा त्यसो नगरी आफैंले गर्दा २० लाख रुपैयाँ पनि दायाँबायाँ गर्न सकिने र पछि काठ समेत गोप्य सूचनाका आधारमा बिक्री वितरण गर्ने मनसायले यतिबेला कटानमुछान तीव्र पारिएको छ ।

 

रङपुर साझेदारी वनका एक पूर्व अध्यक्षका अनुसार यसरी काम गर्नु सरासर गलत हो । उनका अनुसार अमानतमा समितिले आफैं काम गर्दाखेरि त्यसमा विभिन्न समस्या हुने भएकाले यसभन्दा पहिला समेत कटान मुछानका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कटानमुछानको काम हुँदै आएकोमा यसपटक वन कर्मचारीको मिलोमतोमा मनोमानी भएको हो ।

 

 

 

 

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राम केवल राय यादवले प्रदेश सरकारको पत्रका आधारमा डिभिजन वन कार्यालय रौतहटले रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहलाई अमानतमा काम गर्नका लागि पत्र दिएपछि कटानमुछानको काम तीब्र पारिएको हो ।

 

 

रङ्गपुर साझेदारी वन व्यवस्थापन समूह गठन गर्ने बेलामा वन कर्मचारीको मिलोमतोमा गोप्य रुपमा लुकाएर समिति गठन गरिएको र समिति गठन हुन नपाउँदै समितिले धमाधम कुनियत राखेर काठ कटान मुछान गर्नु राम्रो नभएको स्थानीय बासिन्दाले बताएका छन् । यस विषयमा आफूहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरिरहेको एक स्थानीय उपभोक्ताले जानकारी दिए ।

 

 

रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहले आफ्नो वन क्षेत्रमा रहेका ३३९ वटा विभिन्न प्रजातिका रुख कटानमुछान गर्ने आदेश पाएको छ । जसमा ३३० वटा साल जातका रुखहरू रहेका छन् ।

 

 

डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा, चन्द्रनिगापुर सब डिभिजन कार्यालयका प्रमुख राम केवल राय र साझेदारी वन व्यवस्थापन समूहका पदाधिकारीको मिलो महत्वमा गैरकानुनी भइरहेको स्थानीयले बताएका छन् । नियम विपरीत कटान मुछान भएको भन्दै स्थानीय उपभोक्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ।

 

 

 

साे विषयमा रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष अशोक यादवसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । अहिले रङ्गपुर साझेदारी वन व्यवस्थापन समितिको मातहतमा रहेको जङ्गलमा, इसकाभेटर, टिफर, पिकअप, र ट्रेक्टरको प्रयोग गरेर दनादन रुख कटान मुछान हुने काम भइरहेको छ।

 

डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा शैलेन्द्रकुमार मिश्र कार्यालय प्रमुख भएर आएदेखि नै वनमा विभिन्न वितण्डाहरु भइरहेको छ । मिश्रा पैसा कमाउने नियतले नै सम्बन्धित मन्त्रीलाई कुष्ट पैसा बुझाएर डिभिजन वन कार्यालय रौतहटमा आएकाले उनले रौतहटको वन जोगाउने भन्दा विनाश गर्ने तर्फ अग्रसर भइरहेको स्वयं वन कर्मचारीहरूको भनाइ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।     जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी...

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत,  यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।   जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९