काठमाडौ । नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।आज बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ।सो हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।


































































































































































