काठमाडौं। एमालेबाट बझाङ क्षेत्र नम्बर–१ ‘क’मा हुने प्रदेशसभा उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपङ्ती लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले निर्णय गरेको छ। रास्वपासँग पनि उपनिर्वाचनका विषयमा छलफल गरिने र फरक फरक उम्मेदवार भए स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय एमालेले गरेको छ।


































































































































































