नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी घाेषणाकाे तयारी गर्दै कठरिया

लाैराे चुनाव चिन्ह लिएर कैलालीमा एक नेता चुनाव लड्ने

कैलाली- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरियाले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनु भएको छ । कठरियाका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गरेको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनुभएको छ ।

कठरियाले हामीलाई दिएको जानकारी अनुसार पार्टीले आफुहरुलाई पार्टी निर्माणका बेला प्रयोग गरेको र अहिले चुनावको समयमा व्यवास्था गर्न लागेकाले आफुले पार्टी छाेड्न लागेको जानकारी दिनुभएको छ । कठरियाकै महत्त्वपूर्ण भुमिकाका कारण नागरिक उन्मुक्ति पार्टिले कैलाली जिल्लाकाे जाेशिपुर गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष संगै सात वटा वडा मध्ये पाँच वडामा विजयी बन्न सफल भएको थियो । कठरियालाई जाेशिपुर गाउँपालिका संगै सिंगाे कैलाली क्षेत्र नम्बर १ (क) काे एक महत्त्वपूर्ण र चर्चित व्यक्तिका रुपमा हेर्ने गरिन्छ । उहाले पार्टी छाेड्दा पार्टिलाइ अब आउने संघिय र प्रदेश सभाकाे निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा ठुलो क्षति हुने त्यस क्षेत्रका जानकारहरुले बताएका छन् ।

कठरियालाइ त्यस क्षेत्रमा एक सम्भावना रहेको व्यक्तिका रुपमा चिन्ने गरिन्छ । कठरिया हाल शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँ स्थायी शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । कठरियाले हामीलाई दिएको जानकारी अनुसार उहाँ यहि असाेज १४ गते पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी घाेषणाकाे तयारीमा समेत हुनुहुन्छ । कठरिया अनुसार आफु अहिले कुनै पनि दलमा नलागेर लाैराे चुनाव चिन्ह लिएर कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट चुनाव लड्ने बताउनुभयो ।

कठरिया संग यस अघि समेत चुनावमा होमिएकाे राम्रो अनुभव रहेको छ । कठरियामा आम जनसमुदायलाई आफुतर्फ आकर्षित गराउन सक्ने राम्रो खुबी रहेको । नागरिक उन्मुक्ति पार्टीको कर्णाली प्रदेशमा संगठन बिस्तार गर्नमा कठरियाकाे महत्त्वपूर्ण याेगदान रहेको छ । कठरिया हाल नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य संगै कर्णाली प्रदेश सह-संयाेजक समेत रहेका छन् ।
कठरिया यस अघि २०७० सालमा सम्पन्न भएको संविधान सभाको निर्वाचनमा थारुहट तराई पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार रहदा २०७४ काे निर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १(क) बाट नयाँ शक्ति पार्टी नेपालकाे तर्फबाट प्रदेश सभाकाे उम्मेदवार रहेका थिए ।

कठरियाका अनुसार आफू निरन्तर समाज परिवर्तनका लागि लागिरहेको एक सिपाही भएका नाताले स्वतन्त्र रुपमा चुनाव लड्दा समेत जनताको बिश्वास जित्नेमा निश्चिन्त रहेको कुरा बताउनुभएको छ । कठरियाले हामीलाई दिएको जानकारी अनुसार स्थायि शिक्षण पेशाबाट राजिनामा दिएर चुनाव लड्न आफू तयार रहेको कुरा हामीलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९