१५ दिनभित्र कर्मचारीको तलब दिलाउने मेयर खातुनको फेरि प्रतिवद्धता, नगरको ताला खुल्यो

रौतहट। रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी मेयर अम्बेया खातुनले कर्मचारीको बक्यौता तलब १५ दिनभित्र उपलब्ध गराउने फेरी प्रतिवद्धता जनाएकी छिन्। खातुनको प्रतिवद्धता पछी दुईसाता अघी कर्मचारीले लगाएको ताला शुक्रवार दुईपक्षीय सहमती हुँदा खुल्ला गरिएको छ।

 

ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको प्राङ्गणमा शुक्रवार जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकमा कार्यवाहक मेयर अम्बेया खातुनले १५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने प्रतिवद्धता जनाएपछि सहमती भएको थियो।
आजको मितिले १५ दिनभित्र नगरभरिका सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने मेयर खातुनले प्रतिवद्धता जनाए लगत्तै कर्मचारीले नगरपालिकाको साँचो मेयरका श्रीमान महमद सेराजको जिम्मा लगाएका थिए। महमद सेराजले शुक्रवार साँझ कर्मचारी र प्रहरीको रोहवरमा फतुवा विजयपुर नगरपालिकाको ताला खुला गरेको प्रहरीले जनाएको छ।

दुईपक्षीय बैठकमा मेयर अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत वकील पाल, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिजय कार्की, नगर स्वास्थ संयोजक प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो। जनप्रतिनिधि बिच आपसी विवादको कारण यस आर्थिक वर्षको साउन देखि हालसम्म तलब पाउन नसकेका कर्मचारीहरुले दुईसाता अघी फतुवा बिजयपुर नगरपालिकामा तालाबन्दी गरेर साँचो सिडियो हिरालाल रेग्मीको हातमा बुझाएका थिए।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको फतुवा बिजयपुर बाट सरुवा भएसंगै नया अधिकृत पाल र मेयर खातुन चारदिन अघी नगरपालिकाको साँचो सिडियो रेग्मीको हातबाट बुझेका थिए। फतुवा विजयपुरमा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण सम्पूर्ण आर्थिक कारोवार बन्द भएर त्यहाँको शिक्षक कर्मचारी गरी ३५० जनाले साउन देखि हालसम्म तलब पाएका छैनन्।

तलबको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका शिक्षकहरूको तलब होलिपर्व लगत्तै उपलब्ध गराउने प्रदेश सांसद तथा नेपाली कांग्रेस रौतहटका सभापती सुनिल कुमार यादव ९ जितेन्द्र० को पहलमा सहमती भएको थियो।

तर उक्त सहमती हालसम्म कार्वान्यान भएको छैन। यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र वडा अध्यक्षहरुको मिलोमतोमा वडाको विकासको सिलिङ बढाएको भन्दै मेयर खातुनले कोलेनिकामा सहमती नगर्दा शिक्षक कर्मचारीको तलब हालसम्म निकासा भएको छैन।

मेयर खातुनको पहलमा केहीदिन अघिमात्र प्रमुख प्रशासकीय अधिकृत प्रधानको स्थानमा वकील पाल लाई ल्याईएको छ। उता फतुवा बिजयपुरका वडा अध्यक्षहरु आरोपको खण्डन गर्दै मेयर खातुनकै कारण नगरको अवस्था दयनिय भएको दाबी गर्दै आएका छन्। नेपाली कांग्रेसको टिकट बाट निर्वाचित फतुवा विजयपुरको तत्कालीन मेयर गोपाल राय यादव लालबकैया नदीको टेण्डरमा अख्तियार द्वारा दोषी ठहर भएर गत वर्ष पद गुमाएपछि कांग्रेस कै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहीको जिम्मेवारी पाएकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९