सशस्त्र प्रहरी रौतहटः बर्ष दिनमा २ करोड ८० लाख बढीको सामान, ७८ सवारी साधन बरामद

रौतहट। रौतहट स्थित सशस्त्र प्रहरीले १ वर्षको अवधिमा दुईकरोड बढीको अवैध सामान,२४ जना मानिस सहित ७८ वटा सवारी साधन बरामद गरेको छ। तस्करीको माध्यम बाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको बिभिन्न प्रकारको भारतीय अबैध सामान बरामद गरेको हो। गत साउन १ गते देखी चैत्र मसान्तसम्म जम्मा भारत बाट बिभिन्न नाका हुँदै भित्र्याइएको दुई करोड ८० लाख ४३ हजार ५६४ रुपैया बराबरको अबैध सामान बरामद गरीएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन।

 

गत चैत मात्र १ महिनाको अवधिमा मात्रै ३६ लाख ४५ हजार ९८४ रुपैया बराबरको अबैध सामान बरामद गरेको थियो। बरामद सम्पूर्ण सामान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एस्पी हुमागाईंले जानकारी दिएका छन। अबैध सामान ओसारपसारमा संलग्न १३ जना, लागू औषध कारोबारमा संलग्न २ जना, हात हतियार सहित पक्राउ परेका ३ जना र बन पैदावर ओसारपसारमा संलग्न ६ जना गरी जम्मा २४ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाईएको एस्पी हुमागाईले बताएका छन।

 

त्यसैगरी तस्करी लगायत बिभिन्न अवैध कारोबारमा बरामद भएको बस १ वटा, पिकअप र बलेरो ३ वटा, अटो १ वटा, ईलेक्ट्रिक लोडर, १ वटा, मोटरसाईकल ४२ वटा, ट्‍याक्टर १७ वटा, साईकल ११ वटा, गाडा २ वटासहित बिभिन्न किसिमका ७८ वटा सवारी साधन भन्सार कार्यालयमा,राजश्व कार्यालय, बन कार्यालय, नगरपालिकाको कार्यालय लगायत सम्बन्धित कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।

 

गत आर्थिक बर्षमा भारत बाट चोरीलुकी तस्करहरुले भित्र्याएको कुल पाँच लाख ३५ हजार ५८० रुपैया बराबरको १६ क्विन्टल ६१ किलो प्रतिबंधित अबैध कुखुरा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरीले जारिगरेको सूचनामा उल्लेख गरिएको छ। त्यस्तै सशस्त्र प्रहरी बल, नेपालको परिचालनबाट  २०८० मंसिर ३ गते यमुनामाई–३ मल्हिनिया टोलमा शेख बैतुल्लाहको कच्ची घरबाट पेस्तोल ३, सोमा प्रयोग हुने म्यागजिन ६ थान ,७.६५ एमएमको १३ राउण्ड गोली, एयर गन १ नाल गरी जम्मा ४ नाल हतियार बरामद गरेको थियो।

 

त्यस्तै गत चैत २ गते  परोहा नगरपालिका ९  घिउरा गाँउमा मनि ट्रान्सफर्मरमा गोली फायर गरी फरार ३ जना भारतीय नागरिकहरुको साथबाट २ थान पेस्तोल र ५ राउण्ड गोली, सहित भारतीय नम्बरको एउता मोटरसाईकल बरामद गरेको थियो। सोही अवधिमा भारतीय समकक्षी एसएसबिसँग मिलेर सशस्त्र प्रहरीले १२५ पटक संयुक्त बोर्डर गस्ती गरेको थियो। प्रादेशिक अस्पताल गौर लगायत जिल्लाको बिभिन्न अस्पतालमा उपचारको क्रममा बिरामीलाई रगत अभाव हुँदा सशस्त्र प्रहरीले गत साउन देखी चैत्र मसान्त सम्म ५१ पटक रक्तदान गरेको छ।

 

परोहा ९ खाप स्थित रहेको शिबम मनिट्रान्फरका संचालक बर्ष २५ का नितेश साहलाई गोली हानी भाग्दै गरेको अबस्थामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट रामपुरखापबाट खटिएको चेकप्वाईन्ट टोलीले ३ जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएको थियो । घटनास्थलमा  सशस्त्र प्रहरी ११ गण हेड क्ववाटर गौरका प्रमुख एसपी बिक्रम हुमागाँई र जिल्ला प्रहरी कार्यालय गौरबाट तत्कालीन एसपी महेन्द्र कुमार श्रेष्ठको संयुक्त टोली सर्च गर्ने क्रममा १ नाल कटुवा पेस्तोल, १ नाल अटोमेटिक पेस्तोल र ६ राउण्ड गोली सहित तीनजना भारतीय अपराधीलाई पक्राउ गरेको थियो।

 

त्यस्तै, ईशनाथ नगरपालिका ७ ठुलो घिउरा गाउँमा सरस्वतीको मुर्ती विसर्जनको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका हजारौँ जना स्थानीयहरु बीच झडप हुँदा सशस्त्र प्रहरी बल, नेपालको ३५० जना र नेपाल प्रहरीको ४५० जनाको टोली परिचालन भई स्थितिलाई नियन्त्रणमा लिई ठूलो धनजनको क्षति हुन नदिएको सूचनामा उल्लेख गरिएको छ।

 

आर्थीक बर्ष २०८०÷०८१ मा रौतहट स्थित विपद्‍ व्यवस्थापन सम्बन्धी कक्षा–४०, लागूऔषध सम्बन्धी कक्षा–४५ र सीमा सम्बन्धी १९ वटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ५२ वटा आगलागीको घटनामा ३४० जना, १५ डुबानको घटनामा ३४१ जना, २५ सवारी दुर्घटनामा ३६७ जनालगायत १५३ वटा बिभिन्न घटनामा १४ सय २० जनशक्ति परिचालन गरिएको एस्पी हुमागाईंले जानकारी दिएका छन। सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत गत फागुन २६ गते परोहा–५ लौकाहामा संचालन भएको निः शुल्क स्वास्थ्य शिविरबाट १४०२ जना स्थानीयहरु लाभान्वित भएका थिए।

 

“सीमावासीसंग सशस्त्र प्रहरी” कार्यक्रम क्यूआईपी प्रोजेक्ट अन्तर्गत गत माघ २९ गते गौर– १ स्थित दलित बस्तीमा निर्मित “सामुदायीक खानेपानीको धारा”बाट स्थानीय ४०० जना लाभान्वित भएका छन्। गत आर्थीक बर्षमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा लामो दुरीको गस्ती एलआरपी २० वटामा ३०० जनशक्ति परिचालित, सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सीमामा २४र७ सीमा गस्ती संचालन गरिएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९