“रगत नालीमा होइन, नाडीमा बगाऔं’ भने नारा सहित रक्तदान गरी सन्त निरंकारी मण्डल बौनियाले मनायो मानव एकता दिवस

कैलाली । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ सत्गुरु बाबा हरदेवसिंह जी महाराजको भनाइलाई स्मरण गर्दै देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी मण्डल शाखा बौनियाले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी मानव एकता दिवस मनाएको हो ।सो अवसरमा ६५ जना रक्तदाताले रक्तदान गरेको अहेव बाधुराम चौधरीले बताए । जसमध्ये ३८ पुरुष र २७ जना महिलाले रक्तदान गरेको उनले जानकारी दिए । रेडक्रस सोसाइटी टीकापुरमा शाखाबाट खटिएका ल्याब असिस्टेन्ट पवन चौधरी, अहेव बाधुराम चौधरीलगायतको स्वास्थ्यकर्मीको टोलीले रक्तदान शिविरमा स्वास्थ्य चेकजाँचमा सहजीकरण गरेका थिए ।सन्त निरंकारी सन्त, महात्मा लगायत स्थानीय रक्तदाताले स्वस्फूर्त रुपमा रक्तदान गरेको बताइएको छ । संकलन भएको रगत रेडक्रस सोसाइटी टीकापुरमा शाखामा पठाइएको छ । सो अवसरमा बौनिया शाखा मुखी महात्मा विजयसिंह कुँवरले रक्तदान गर्नु मानव सेवाको सर्वाेत्तम कार्य भएको बताए ।उनले सन् १९८६ देखि सन्त निरंकारी मण्डलले रक्तदान कार्यक्रमको प्रारम्भ गरेको जानकारी दिए । निरंकारी मिसनले विश्व जगतमा मानव एकता दिवसका दिन रक्तदान गरी मानव एकता, विश्वबन्धुत्व र भाइचाराको सन्देश प्रवाह गरिरहेको उनले बताए । उनले सन्त निरंकारी मिसन कुनै धर्म सम्प्रदाय नभई विशुद्ध आध्यात्मिक विचारधारा भएकाले हरेक जनजनमा आध्यात्मिक जागरण र मानव एकतामा जोड दिइरहेको बताए ।उनले भने, “समाज, मान्छे अहिले बदलिएका छन्, तेरो मेरो भावनाको विकास भएको छ, यस्तोबेला गुरु महाराजको उपदेश र दिव्य वचनको खाँचो छ, सबैलाई एकतामा जोड्न भावनाको विकासको खाँचो छ ।” उनले मानव–मानवमा हुने बदलावको भाव त्यागेर आपसी सदाचारमा सन्त निरंकारी मिसनले जोड दिएकाले सन्तभक्तजन निरन्तर रुपमा सेवा, सत्संग र सुमिरन जोडिएर जीवनलाई सत्गुरुको विचारलाई अनुशरण गर्दै सन्देश दिइरहेको बताए ।निरन्तर रुपमा सामाजिक कार्यमासमेत सेवा तथा योगदान दिँदै आएको उनको भनाई छ । कार्यक्रमका बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदीप), वडा नं. ३ का वडाध्यक्ष मनऋषि आचार्य, वडा नं. २ का वडाध्यक्ष गोविन्द विक, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम लगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा आयोजित सत्संग कार्यक्रममा सेवादल क्षेत्रीय सञ्चालक नरबहादुर बटालाले प्रवचन दिएका थिए । उनले मानव–मानवबीचको एकता अहिलेको प्रमुख आवश्यकता भएको चर्चा गर्दै रक्तदान गर्नु मानव जीवनको सबैभन्दा उत्तम कार्य भएको बताए । “मानव सेवा तथा धर्मको नाममा धेरै किसिमको दानमध्ये रक्तदानजस्तो पवित्र र महान दान अरु कुनै छैन” उनले भने, “मानव मानवबीचको एकता र बन्धुत्व आत्याध्यामिक जागृती वा आत्मबोध माध्यमबाट प्राप्ति हुन सक्दछ । अब मानिसमा आत्मज्ञान, आत्मबोध हुन्छ, तब भेदभाव हुँदैन, एकअर्काबीच दूरी हुँदैन, सहयोगको भावना र अपनत्वबोध हुन्छ ।”मानव एकता दिवसको अवसरमा देशैभर रक्तदान कार्यक्रम आयोजना गरिएको सन्त निरंकारी मण्डल बौनिया शाखाका सेवादल शिक्षक सुरतबहादुर विष्टले बताए । रक्तदानपछि आयोजित सत्संग तथा प्रवचन कार्यक्रममा हजारौंको सन्तमहात्माको सहभागिता रहेको थियो । उनीहरुले विभिन्न भक्तिगीत तथा प्रवचन दिएर मानव एकता दिवस मनाएका थिए ।            

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा...

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अत्तरिया(कैलाली), यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् ।     जिल्लामा...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

दमौली (तनहुँ), बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो ।मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते हुनुभएका उहाँको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९