राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन पालिकाबाट नहटाउन निजगढ नगरपालिकाको आग्रह

बारा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप एक स्टेशन थपेको थियो । तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय मार्फत मात्र हुने भन्दै दर्ता अपरेटर सहित सम्पुर्ण सामाग्री फिर्ता लगेको छ ।

 

जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानियलाई सास्तीहुने तथा राष्ट्रिय परिचयपत्र बनाउन टाडा जानुपर्ने, भिडभाडका कारण निकै समय तथा दिनसम्म लाग्नेभन्दै उक्त स्टेशनमा कार्यरत जनशक्तिको पारिश्रमिक लगायतको आवश्यक खर्च नगरपालिकाको कार्यालयले भुक्तानी गर्ने भन्दै निजगढ नगरपालिकाको नगरकार्यपालिकाको बठैकले गत चैत ७ गते निर्णय गर्दै यस पालिकामा भएको राष्ट्रिय परिचयपत्रको सेवा फिता नलिन सम्बन्धीत निकायलाई पटक पटक पत्रचार गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने,‘सेवाग्राहीलाई सहज हुने हिसाबले स्थानिय तहमा आएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनबाट यस पालिकामा करिब ६० प्रतिशत नगरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको हुदाँ सेवा निरन्तर गर्न पालिकाले समन्वय गरेको भएतापनि कुनै जवाफ नआएको हुदाँ आजबाट राष्ट्रिय परिचयपत्र बनाउने काम जिल्ला र ईलाका प्रशासनबाट भएको बताए ।’

 

सम्पुर्ण सामाग्री र अपरेटर फिर्ता भएपछि बिहिबारबाट बाराको निजगढ नगरपालिकाबाट भईरहेको विवरण सङ्कलन गर्न अब जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानिय बाध्य भएका छन ।

 

सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयले पालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट निजगढमा नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने कार्य राम्रो थियो, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले भने भीडभाड रहित रुपमा सेवाग्राहीले सहज रुपमा पाएको सेवा पुनः फिर्ता लगेर जनतालाई दुःख दिने काम भएकाले निजगढ नगरपालिकाले पञ्जीकरण विभागसंग समन्वय भईरहेको बताए । नगरप्रमुख पुरीले भने,‘निजगढ नगरपालिकाको भैगोलिक बनावटका कारण सर्वसाधरण निजगढ नगरपालिकामै सहज रुपले आउन सक्ने अवस्था छैन । निम्न आय भएका तथा जेष्ठ नागरिकहरुको परिचयपत्र बनाउन वडा वडा सम्म पुर्याउने तयारी गरीरहेको बेलामा फिर्ता लगिएको छ । हामी सेवा पुनः संचालन गराउन पहल गरिरहेका छै ।’

 

वडा वडामा पुग्नुपर्ने सेवा पुनः प्रशासन कार्यलयमै 

यसअघि स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई कर्मचारी खटाइएको थियो जसले गर्दा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय हुदै आएको भिड र परिचय पत्र बनाउनका निम्ती नागरिकलाई हुदैँ आएको सास्तीमा समेत कम भएको थियो तर पुनः यो सेवा प्रशासनमै पुगे पछि स्थानियले समेत आलोचना गरेका छन ।

 

निजगढ नगरपालिका ३ की बिमला राई बिहिबार २२ वर्षिय छोराको पासपोर्ट बनाउन निजगढ नगरपालिकाको कार्यलयमा आएकी थिईन तर सो सेवा नगरपालिकामा नभएपछि उनी सिमरा स्थीत ईलाका प्रशासन कार्यलयमा पुगिन तर त्यहाँबाट भिड भएका कारण उनको छोराको परिचयपत्र बनेन तर उनलाई आईतबार बिहान १० बजे आउन भन्दै फिर्ता पठाएको राईले बताईन । उनले भनिन,‘पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ तर सरकारबाट प्राप्त हुने सेवा पालिकाबाट फिर्ता गरेर उल्टै नागरिकलाई दुःख दिने काय भएको छ । सेवा वडा सम्म आउनुपनेमा पालिकाबाटै फिर्ता लगिनु राम्रो होईन ।’

 

बारा जिल्लाका १६ वटै स्थानीय तहबाट भईरहेको राष्ट्रिय परिचयपत्र आवश्यक विवरण सङ्कलन कार्य आजबाट जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयबाट मात्र हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारले गरेको परिपत्र अनुसारनै जिल्लाको १६ वटै स्थानीय तहबाट विवरण सङ्कलन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।

 

यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा) का मुकेश कुमार केशरीले मधेश प्रदेशका प्रत्यक पालिकाबाट दैनिक ४० वटा परिचयपत्रको बिवरण भरिने लक्ष्य बमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको भएतापनि यस प्रदेशबाट १८ महिना सम्मको डाटालाई हेर्दा लक्ष्य बमोजिम पुरा नभएका कारण फिर्ता ल्याईएको जानकारी दिए । निर्देशक केशरीले भने,‘विवरण सङ्कलन गर्न धेरै बार्की रहेका स्थानीय तहसंग समझौता गरेर पुनः संचालन गर्न सकिने तथा ४० दिन सम्म वडा वडामा पुगेर बिवरण संकलन गर्न सकिन्छ अहिले पालिकामा भएका कर्मचारीलाई फिर्ता बेलाएरको अर्को कारण भनेको बनेका परिचय पत्र बाड्न समेत हो । कुनै पालिकाहरुबाट माग हुने बितिक्कै हामी पुनः विवरण सङ्कलन गर्न पठाउँछौँ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९