कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा सुनिल शाहीको मृत्यु भएको घटनामा परिवारले १७ जनाविरुद्ध जाहेरी दिएका छन्।
घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले जानकारी दिए।
यस घटनामा प्रहरीले समितिका विभिन्न व्यक्तिहरूलाई सोधपुछ गरेको थियो। केहीलाई नियन्त्रणमा लिएर राखे पनि प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन। जाहेरी परेका मध्य १६ जना प्रहरी नियन्त्रणमा रहेका छन् भने १ जना फ्रहार रहेको प्रहरीले जनाएको छ। मङ्गलवार राती शाहीको सुधार केन्द्रमा मृत्यु भएको थियो।





























































































































































