उज्यालोको पखाईमा धैनकोट गाउँ

 

मुगु ।  मुगु सदरमुकाम गमगढीबाट झण्डै एक दिन हिँडेपछि पुगिन्छ, मुगुको सोरु गाउपालिकाको धैनकोट गाउँ । स्वच्छ हावापानी, उर्वर भुमि अनि सुन्दर र शान्त वातावरण भए पनि विद्युतको पहँुच नहुदा यहाँका नागरिक अध्याँरोमै रात कटाई रोग सँग लडि रहेका छन् । देशका सबै घरधुरीमा विजुली पु¥याउने सरकारको लक्ष्य छ ।

 

 

 

अहिले वैकल्पिक उर्जासहित ९४ प्रतिशत जनसङ्ख्या विजुलीको पहुँचमा छ । मुगुमा ६१ प्रतिशत नागरिक अझै विजुलीको पहुँच बाहिर छन् भने ३९ प्रतिशत विजुलीको पहुँचमा छन । सोरु गाउँपालिका वडा नं १० र ११ वडाका नागरिकहरु करिब ६ बर्ष देखि अध्याँरोमै रात कटाई रहेका छन् ।

 

 

वर्षौँदेखि अन्धकारमा रहेको धैनकोट गाउँलाई उज्यालो बनाउने योजना नभएको होईन । एक दशक भन्दा अगाडी १५ किलोवाट क्षमताको विद्युत सञ्चालनमा रहेको थियो । बिगत केही वर्ष देखिनै धैनकोट गाउँका करिब ५ सय भन्दा बढि घरधुरीलाई उज्यालो बनाउने उद्धेश्यले दैं खोला जलविद्युत आयोजना निमार्ण गरिएको थियो । जुन अझै अलपत्र अवस्थामा छ । विद्युत नबल्दा स्थानीय झरो बालेर बस्न बाध्य भएको धैन गाउँका  स्थानीय बिरवल बिकले बताए ।

 

 

धैनकोट गाउँमा करिब पाँच सय भन्दा बढि घरधुरी र एक हजार बढि जनसंख्या रहेको दुई वडाका नागरिक अध्याँरोमै रात कटाउन बिवश छन् । विद्युत सेवा नहुदा बिशेष गरेर ज्येष्ठ नागरिक , बालवालिका , लक्षित बर्गहरु मर्कामा परेका छन् । विद्युतको पहुँच नहुदा विद्यार्थी लाई पनि पठनपाठनमा थप समस्या हुनुका सार्थ भविष्य माथि  खेलवाड भएको जगत माला मावि कक्षा १२ मा अध्यनरत विद्यार्थी सुरेन्द्र सार्किको भनाई छ ।

 

 

चुलो चौको , भान्सामा बढि सामेल हुने महिलाहरु लाई पनि सास्ती भएको छ । अध्याँरोमै भान्सामा खाना पकाउदा , अन्य घरायासि कार्य गर्दा समस्या उत्पन्न हुन्छ ।  विद्युत सेवा भए छोराछोरी लाई पठनपाठनमा सहज हुने स्थानीयले अपेक्षा राखेका छन् । सोरु गाउँपालिकाको १० र ११ नम्वर वडामा बत्ति बले नागरिकको जीवनस्तरमा सुधार आउने स्थानीय महिला बिष्णु टमटाले अपेक्षा छ ।

 

 

करिब आधा दर्जन बढि गाउँ रहको १० र ११ वडाका नागरिकहरु लाई विद्युत पहुँचमा ल्याउन स्थानीय सरकारले बिस्तारै बामे सार्देछ । यि दुई वडाहरुमा रहेका दै खोला र प्याँउ खोलामा विद्युत निर्माणका लागि डिपिआर भैसकेको छ । यि दुबै बिद्युत आयोजनाहरु मुर्तरुप लिन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरिने गाउपालिकाले जनाएको छ ।

 

 

दुबै आयोजना लाई सयुक्त रुपमा आयोजना गरि १० र ११ नम्वर वडाका मानिस लाई बिजुली बाल्ने सपना पुरा गर्न गाउपालिका लागि रहेको सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले जानकारी दिए ।  ५ वर्ष अघि नै बत्ति बलेको आयोजना स्थलमा अहिले कुनै पनि विद्युतीय सामग्री छैनन् ।भएका सामान पनि अलपत्र अवस्थामा छन । आयोजना सञ्चालनका लागि यी दुई वडाका हजारौं परिवार सरकारको बाटो हेरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९