कैलाली,कार्तिक ९- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य प्रमाेद मल्लले आफुले पार्टी परित्याग गरेकाे जानकारी दिनु भएको छ । बुधबार बाैनियामा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै मल्लले पुनः आफ्नो घर नेपाली कांग्रेसमा फिर्ता भएको जानकारी दिनु भएको छ । साे अवसरमा बाेल्दै मल्लले आफू युवा रहेको र युवा सधैं प्रगतिको पथमा अगाडि बड्न चाहना राख्ने हुदा नागरिक उन्मुक्ति पार्टबाट साे किसिमको आश्वासन आएकाले त्यता गएको तर।अन्तिममा त्यो नभएकोले फेरि नेपाली कांग्रेसमा फिर्ता भएको जानकारी दिनु भएको छ ।
नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गर्नु अगाडि मल्ल नेपाली कांग्रेस बर्दगाेरिया गाउँ कमिटी उप सभापतिकाे रुपमा रहेका थिय । मल्ल प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनकाे संघारमा प्रदेश शभा टिकटको दाबेदारि गर्दै नागरिक उन्मुक्ति पार्टि प्रवेश गरेका थिए । मल्ल प्रदेश शभाकाे टिकट नपाए पाश्चात नागरिक उन्मुक्ति पार्टी संग रुष्ट रहदै आएका थिए । मल्लका अनुसार राजनीति अवसरको खेल रहेको बताउदै आफुले नागरिक उन्मुक्ति पार्टी जुन अवसरका लागि प्रवेश गरेको थियोे साे अवसर प्राप्त नगरेपश्चात पुनः आफ्नै पुरानो घर नेपाली कांग्रेसमा फिर्ता भएको जानकारी दिनु भएको छ । मल्ल बैशाख ३० गते सम्पन्न भएको स्थानीय निकायको निर्वाचन पश्चात् नेपाली कांग्रेस पार्टी संग रुष्ट हुदै असार २५ गते नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । कांग्रेस परित्याग गरेर नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने क्रममा मल्लले कांग्रेस भित्र व्यत्तिबादि शासन हाबि भएको बताउदै आएका थिए । स्थानीय निकायको निर्वाचन २०७९ मा मल्ल नेपाली कांग्रेसको तर्फबाट बर्दगाेरिया गाउँपालिका अध्यक्ष पदकाे टिकटको दाबी गर्दै आएका थिए । मल्ल पार्टी प्रवेश कार्यक्रममा कैलाली क्षेत्र नम्बर २ का गठबन्धन तर्फका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बडुवाल कैलाली क्षेत्रमा नम्बर २(क) का गठबन्धनका उम्मेदवार कमल शाहकाे पनि उपस्थिति रहेको थियो ।

























































































































































































