कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...
‘सडक कृषि धार्मिक तथा पर्यटनको पहिचान मोहन्यालको समृद्धी र विकास हाम्रो अभियान’ भन्ने नारासहित सुचारु भएको प्रतियोगितामा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत हुने आयोजक युवा क्लबले जनाएको छ ।
कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँद, नेकपा एमाले मोहन्याल इन्चार्ज खरप्रसाद अधिकारी, नेपाली कांग्रेसका कैलाली जिल्ला सदस्य नन्दाराम गिरी, नेकपा माओवादी केन्द्रका मोहन्याल इन्चार्ज कमल बटाला, नेकपा एकीकृत समाजवादीका मोहन्याल इन्चार्ज भुमिनन्द जैसी, शान्ती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर टमट्टा, हरियाली सामुदायिक वन समितिका अध्यक्ष धनराज गिरीले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रममा पत्रकारिता क्षेत्रबाट विगतदेखि खेलकुद र समाज परिवर्तनमा योगदान गरे बाफत कोसेली एफएमका प्रबन्ध निर्देशक लिलाजङ्ग शाही र समाजसेवी भुमिनन्द जैसीलाई सम्मान गरिएको छ ।प्रतियोगितामा प्रथम हुनेले ७५ हजार ४१ रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेलाई ४५ हजार ४५ रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय प्रदान गरिनेछ । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद र दोस्रो हुनेलाई १५ हजार नगद प्रदान गरिनेछ । भलिबल प्रतियोगितामा १३ टीमको सहभागिता रहेको छ भने हाजिरी जवाफमा ११ टीम दर्ता भएका छन् ।
हाजिरीजवाफ प्रतियोगितामा तीन जनाको टीममा एक जना महिला अनिवार्य हुने प्रतियोगिता संयोजक खेमबहादुर बस्नेतले जानकारी दिए । आज भएको पहिलो उद्घाटन खेलमा आयोजक मोहन्याल युवा क्लब (बी) ले चन्द्रसुर्य युवा क्लब बडिकाथाइलाई पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१३ र तेस्रो सेटमा २५–१८ अंकले लगातार तीन सेटमा पराजित गर्दै आयोजक (बी) टीम विजयी भएको छ । क्लबका अध्यक्ष गोर्खबहादुर बोहरा (सागर) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव भरतकुमार शाहीले गरेका थिए । कार्यक्रममा क्लबका उपाध्यक्ष नवीन देवकोटाको स्वागत मन्तव्य राखेका थिए ।






























































































































































































