गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?

काठमाडौँ । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ ।भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य दलमा भर पर्नुपर्ने भएको हो । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जितेपनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै भारतमा राजनीतिक अस्थिरता हुने आशंका गरिएको छ ।

 

 

 

भाजपा सरकारमा रहन अब विहारका नितिश कुमार र तेलंगानाका चन्द्रबाबु नायडूको साथ अनिवार्य भएको छ । राजनीतिक इतिहासमा दुवै अस्थिर मानिने भएकाले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सहज नहुने विश्लेषण हुन थालेको छ ।

 

 

 

त्यस्तै यस अघिका दुई निर्वाचनमा कमजोर रहेको विपक्षी दल यस पटक २३४ सिट जितेर सशक्त विपक्षी र तालमेल मिलेमा सरकार गठन गर्न समेत गर्नसक्ने अवस्थामा रहेको छ । यस निर्वाचनले नरेन्द्र मोदीलाई कमजोर बनाएको देखिएको छ । यस अघि भाजपाले २०१४ मा २८२ र २०१९ मा ३०३ सिट जितेर आफ्नै बहुमतको सरकार चलाएका मोदी अब गठबन्धन दललाई हरेक दिन खुशी राखेर सरकार चलाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् ।

 

 

 

 

जेडीयूका अध्यक्ष र बिहारका मुख्यमन्त्री नितिश कुमार, जो इण्डिया गठबन्धनका निर्माता मध्ये के थिए, उनी गत जनवरीमा मात्र पक्ष परिवर्तन गरेर एनडीएमा सामेल भए । बिहारमा एनडीएसँग सरकार बनाए र यो गठबन्धनसँग लोकसभा चुनाव पनि लडे ।उनको दलले विहारमा अपेक्षित भन्दा राम्रो प्रदर्शन गर्यो र १२ सिट जित्यो ।

 

 

 

त्यस्तै आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीले १६ सिट जितेको छ । आम चुनावको साथसाथै, यहाँ विधानसभा चुनाव पनि भयो, जसमा नायडूको दलले १७५ मध्ये १३५ सिट जितेर अत्याधिक बहुमत हासिल गरेको छ ।

 

 

 

यसमा चाखलाग्दो कुरा के छ भने नितिश कुमार र चन्द्रबाबु नायडू दुवैले केही समयअघिसम्म केन्द्रको मोदी सरकारविरुद्ध मोर्चा खोलेका थिए र त्यही भएर अहिले एनडीए गठबन्धनमा उनीहरूको हैसियत निकै महत्त्वपूर्ण भएको छ ।मोदी र बीजेपीले अब यी पुराना सहयोगीहरूसँग सरकार बनाउनको लागि समन्वय गर्नुपर्नेछ ।

मोदीका चुनौती

पछिल्लो मतपरिणामपछि यी दुई नेताले सत्ता समीकरणमा किंगमेकरको भूमिका निर्वाह गरेका छन् । नितीश कुमार र चन्द्रबाबु नायडूको बैसाखी बिना यो सरकार चल्न सक्दैन र दुवैको शत प्रतिशत भरोसा गर्न सकिने अवस्था समेत रहेको छैन ।

 

 

 

दुवैजना पुराना र अनुभवी राजनीतिज्ञ हुन्, साथै विशेष किसिमको राजनीतिक सोच भएका छन् र यो शक्तिको समीकरणमा उनीहरूले ठुलो भूमिका खोज्ने छन् र आफूले चाहेको गर्न खोज्ने छन् ।

 

 

 

मोदीका अगाडी सबैभन्दा ठुलो चुनौती दश वर्षको कार्यकालमा प्रधानमन्त्री र गृहमन्त्री स्वयम् बाहेक सत्तामा कसैको सहभागिता थिएन, अब सत्तामा सहभागिता बढाउनु पर्ने र अरुको कुरा नसुनेमा सत्ताबाट बाहिरिनु पर्ने अवस्था आउने देखिएको छ ।

 

 

 

मोदी गठबन्धनको सरकार चलाउन अनुभवी नेता होइनन् । २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसके, उनले सबै बहुमतको सरकार चलाए । अब अचानक समन्वय र सहमतिको राजनीति गर्ने बाटोमा अगाडी बढेका छन् । अब यो सरकारको दिगोपन उसले यो नयाँ भूमिकालाई कत्तिको राम्रोसँग ग्रहण गर्छ भन्नेमा नै भर पर्ने भारतीय राजनीतिक विश्लेषक बताउछन् ।

 

 

यस अघि अटल विहारी पाजपेयीले सन् १९९९ मा एनडीए गठबन्धनमा २४ दल सामेल गरेर पाँच वर्ष सरकार चलाएका थिए ।नितिश र चन्द्रबाबु यस अघि मोदी विरोधी रहेकाले अहिले तत्कालका लागि एनडीएको सरकार बनेपनि निकट भविष्यमा इन्डिया गठबन्धनको सरकार बन्ने विश्लेषण भैरहेको छ । यसका लागि एउटा तर्क मोदीको उमेर पनि हो । मोदी अहिले ७४ बर्षका भए र अर्को बर्ष ७५ बर्ष पुग्दै छन् । भाजपामा ७५ बर्षको उमेर हदबन्दी लगाइएको छ । यदि यो मोदीको हकमा लागु भयो भने उनी अर्को बर्ष सरकारको नेतृत्वबाट हट्ने छन् । मोदी हटेसँगै गठबन्धन टुट्ने विश्लेषण पनि भइरहेको छ ।

 

 

 

 

यसैबीच विपक्षी दलहरुले पनि सरकार बनाउन प्रयास गर्ने संकेत गरेका छन् । उनीहरुले मोदीको राजनीतिक हार भएको उल्लेख गर्दै सरकारमा बस्ने हक नभएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९