कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

पहलमानपुर । कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एस.आई. एल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडी नगरपालिकामा आयाेजना गरेकाे स्थानिय परियाेजना सल्लाह समितीकाे बैठकका सहभागीहरुले साे कुरा औंल्याएका हुन् । पछिल्लाे समय कठरिया समुदायको भाषा दिनानुदिन अन्य भाषीहरुकाे प्रभावमा परिरहेकाे कारणले साेकाे संरक्षण, सम्बर्द्धनका लागि मातृभाषी स्वयम्, स्थानीय सरकार, भाषा सम्बन्धि काम गर्ने संघ, संस्था र अन्य सराेकारवालहरुकाे सहकार्य र सक्रियता आवश्यक रहेकाे सहभागिहरुले बताए । कठरिया समुदायकाे बासाेबास रहेकाे १५ वटा कठरिया गाउँहरुमा कठरिया भाषा पढाई प्रवाह परियाेजना लागु गरिएकाे थियाे ।

 

परियाेजना एस.आई.एल.ईन्टरनेशल नेपाल र हिमाली आदिवासी समाज नेपाल काठमाडौंकाे साझेदारीमा भएकाे थियाे । परियाेजना सम्पन्न भएपश्चात् साेमवार स्थानीय परियाेजना सल्लाहकार समितिकाे बैठक आयोजना गरिएकाे थियाे । साे बैठकमा बाेल्दै घाेडाघाेडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले हरेक जाती/समुदायकाे पहिलाे पहिचान भनेकाे उनिहरुले बाेल्ने भाषा नै हाे त्यसैले हरेक जाती/समुदायले आफ्नाे भाषा सँगै संस्कृति र संस्कार जाेगाई राख्नुपर्ने बताए । उनले ‘पालिकामा बासाेबास गर्ने सबै समुदायकाे भाषा, कला, संस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन गर्ने जिम्मेवारी हाम्राे हाे ।

 

साे भित्र कठरिया समुदायको माैलिकता संरक्षण समेत पर्दछ ।’ कठरिया समुदायले आफ्नाे पहिचान बचाउन पछिल्लो समय सक्रियता बढाईरहेकाे सकारात्मक प्रयास भएकाे समेत नगर प्रमुख रावतले बताए । कठरिया भाषा पढाई प्रवाह परियाेजना अन्तरगत जिल्लाकाे काेंटा, तपा, सिसैया, बगुलइहिया, चर्रा, मुनुवा, लक्कड, घुसरी, सुगरखाल, सिमरी, तुल्सिपुर, भुरवा, मुडा गाउँ, पबेरा र लाैसा गरि १५ वटा गाउँमा कठरिया भाषा सरासर पढ्ने, लेख्ने, १ महिने कक्षा संचालन गरिएकाे थियाे । साे कक्षामा कठरिया समुदायकाे उत्साहजनक सहभागीता र सिकाई कृयाकलापहरु औंचित्यपुर्ण देखिएकाे परियाेजनाकाे दातृसंस्था एस.आई.एल. ईन्टरनेशनल नेपालका कन्ट्रि डाईरेक्टर पृथ्वी चाैधरीले बताए । उनले सधैंभरि बाहिरी संघ, संस्थाले साथ, सहयाेग र सहकार्य गर्न नसक्ने भएकाले आफ्नाे लागि आफै समेत सचेत भई कार्यहरु गर्नुपर्ने कठरिया समुदायलाई सुझाए ।

 

साथै कन्ट्रि डाईरेक्टर चाैधरीले दातृ संस्थाकाे परिचय, उदेश्य, हाल सम्म गरिएकाे कृयाकलाप तथा भाषा संरक्षण र विकासका आगामी याेजनाहरुकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे । उक्त परियाेजना र १ महिने कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षाकाे प्रगति बिवरण साझेदार संस्था हिमाली आदिवासी समाजकि कार्यक्रम संयाेजक टेसि डेमा भाेटेले प्रस्तुत गरेकाे बैठकमा घाेडाघाेडी नगरपालिकाका शिक्षा साखा प्रमुख उमेशराज रेग्मी, कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तारामल कठरिया, कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरिया लगायत स्थानीय जनप्रतिनिधि, कठरिया समाज नेपालका पदाधिकारी, कठरिया सरासर पढ्ने, लेख्ने किताबका लेखक, शिक्षक, कक्षाका सहभागि, गाउँका बडघर, भल्मन्सा र पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे । स्थानीय परियाेजना सल्लाहकारहरुकाे बैठककाे सहजिकरण हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टिआर कठरियाले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

काभ्रेपलाञ्चोक,  अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ ।त मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५...

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी, कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९