संस्कृति, परम्परा तथा कला समाजको हितका लागि हुनुपर्ने

भक्तपुर । बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले संस्कृति, परम्परा तथा कला समाजको हितका लागि हुनुपर्ने बताएका छन् । निओ फ्युजन बाजा समुह र नवदुर्गा धिमे खलःको बाँसुरी तथा पछिमा तालिमको प्रमाणपत्र वितरण गर्दै उनले साँस्कृतिक रुपले सचेत भएका संस्कृतिकर्मी तथा कलाहरुले राजनैतिक शिक्षाको अभावले पूर्ण रुपमा समाजको लागि काम गर्न नजानेको बताए ।

 

इतिहासका पानाबाट हेर्दा मल्लकालको पतन हुनुमा यस्तै परम्परा तथा संस्कृति रुपमा मात्र बलियो हुनु तर ती कुरालाई ज्ञानको रुपमा लिनुपर्ने उनले बताए । मानव जीवनमा संस्कृति र परम्परा जति आवश्यक छ, उति नै राजनैतिक सचेतना पनि आवश्यक रहेको उनको जोड छ । नवदुर्गा धिमे बाजा खलःका अध्यक्ष बालगोपाल बनमालाका अनुसार भक्तपुरमा घरघरका सदस्यहरुले बाजागाजामा निपुन्न होस् भनी तालिम दिदै आइरहेको बताए । भक्तपुरका कुनाकाप्चासम्म पनि गई तालिम दिदै आइरहेको र आवश्यक भए जुन पनि क्षेत्र तथा जिल्लामा पनि गई तालिम सञ्चालन गर्न तयार रहेको उनले बताए । संस्कृति र परम्पराले गर्दा नै हामी जीवित रहेको र नयाँ इतिहासको पानामा नाम रचेको उनले बताए ।

 

अतिथि निओ फ्युजन बाजा समुहका अध्यक्ष सविन लेवाले विगतमा कम्प्युुटर कक्षाले पाएको निःशुल्क तालिमले आफु बाजामा समावेश भएको बताउदै हाल प्रशिक्षकको रुपमा बस्न पाउदा निकै खुसि लागेको र आगामी दिनहरुमा बाजालाई आफ्रना गन्तव्यको एउटा बाटो बनाएको बताए । विगत ७ वर्षदेखि आफुले अरुलाई सिकाउदै आइरहेको उनले जनाए । निओ फ्युजन स्कुल अफ कम्प्युटरबाट हालसम्ममा दुई सय १० जनालाई बाजा सिकिसकेको उनले सम्झे । अतिथि ४ महिने बाँसुरी बाजा प्रशिक्षक यजु आचार्यले आफुले कलेजबाट सिकेका अहिले प्रशिक्षक रुपमा भूमिका खेल्न पाउदा खुसी भएको बताइन् । विधिवत रुपमा परम्परागत रुपमा पिढानेगु (सार्वजनिक हुने) कार्यमा आफू पहिलो पटकको अनुभवले निकै कुराको ज्ञान पाएको र उक्त ज्ञान कलेजका कितावले सिकाउन नसकेको तर यहाँबाट सिकेको उनले सुनाइन् । तालिमलाई मर्माहत बनाउन निरन्तर प्रयासको आवश्यकता रहेको उनले बताइन् ।

 

सभापति एवं कार्यक्रम संयोजक उमेश कर्माचार्यले आफ्नो पहिलो संयोजत्व भूमिका निर्वाह गर्दाको अनुभव र तालिमलाई व्यवस्थापन गर्न आफुले त्यति राम्रो भुमिका खेल्न नसकेता पनि तालिमले अन्तमा आएर राम्रो र सोचेको भन्दा राम्रो भएको बताए । व्यवहारिक कुरा सिक्न कितावी ज्ञानले नहुने, त्यसका लागि व्यवहारिक रुपमा जिम्मेवार भएर नै काम गर्नुपर्ने उनले बताए । तालिमलाई सार्थकता बनाउन यसको पनि एक समुह बनाई महिनाको एक दिन भए पनि निरन्तरता दिन लगाउने उनले बताए । पछिमाका प्रशिक्षक रकी त्वायनाले आफुले दाफाबाट सिकेका कुरा यहाँ संस्थामा जातगुठी पनि नछोताइकनै तालिम दिन पाउदा नयाँ कुराको अनुभव भएको बताए । कार्यक्रम निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले सञ्चालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९