एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन अत्तरियामा

एमसिसि लागु गर्न खोजे आन्दोलनको आँधिवेहरी सिर्जना गर्ने/कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध विभिन्न राजनैतिक दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले संयुक्त विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन अत्तरियाको महेन्द्रनगर रोडबाट शुरू भएर बजार परिक्रमा गर्दै वरपिपल गल्लीमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, नेकपा मालेका केन्द्रीय सदस्य परेक रावल, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामबहादुर केसी र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले हिजो महाकाली सन्धि गर्नेहरू नै आज एमसिसि संसदबाट पारित गर्न कम्मर कसेर लागेको भन्दै एमसिसि पारित गर्ने सांसदहरू अमेरिकि साम्राज्यवादका दलाल भएको बताए। अमेरिकाले एमसिसि परियोजनामार्फत नेपाललाई उपनिवेश बनाउन खोजेको बताउँदै इतिहासमा कसैको गुलाम नबनेको नेपाल अबपनि कसैको गुलाम नबन्ने ठोकुवा गरे। उनले भने ‘केही नेताहरू दलाल होलान्, कोही कर्मचारी दलाल होलान् तर समग्र नेपाली जनता दलाल बन्न नसक्ने बताउँदै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुट हुन आव्हान गरे।’काठमाडौंका जनता पसल बन्द गरेर विरोधमा उत्रिएकोमा धन्यवाद दिंदै सुदुरपश्चिमका जनतालाई पनि एमसिसि विरुद्ध उत्रिन आव्हान गरे ।हामि एक दिन व्यापार गरेर निजी जिवन समृद्ध पारौला तर राष्ट्र नै नरहने,जीवन नै नरहने अवस्था आए के गर्ने?उनको प्रश्न थियो। एमसिसि परियोजना भारतमा अङ्ग्रेजको इष्ट इण्डिया कम्पनी जस्तै भएको बताउँदै जसरी अङ्ग्रेजले भारतमा लुट मच्चाएका थिए त्यही उद्देश्य सहित एमसिसि परियोजना ल्याइएको उनको दाबि थियो। केही नेताहरूले एमसिसि आए कसरी अमेरिकि सेना आउँछ भन्ने गरेको स्मरण गर्दै एमसिसि परियोजनाको सुरक्षा अमेरिकि सेनाले मात्र गर्न सक्छ भन्ने आशयसहित एमसिसि परियोजनाको डिजाइन गरिएको बताउँदै परियोजना सुरक्षाका नाममा अमेरिकि सेना भित्र्याउन खोजिएको उनको दाबि थियो। एमसिसि अमेरिकि सरकारका परियोजना मात्र नभएर हिन्द प्रशान्त रणनीतिको आर्थिक कोष भएको बताउँदै नेपालकै परराष्ट्र नितिले समेत नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागि हुन नमिल्ने दाबि गरे। एमसिसि सम्झौता खारेज हुनुपर्ने बताउँदै कसैले लागु गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने उनले बताए।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामबहादुर केसीले अहिले चुप लागेर बस्दा भोलि बोल्न समेत ठाँउ नपाउने अवस्था सिर्जना हुने बताउँदै एमसिसि विरुद्ध हरेक राष्ट्रवादी नागरिकलाई आवाज उठाउनुपर्ने बताए। एमसिसि परियोजना लागु भएका देश युद्धग्रस्त अवस्थामा रहेको बताउँदै नेपाललाई युद्धबाट जोगाउन पनि एमसिसि सम्झौता खारेज हुनुपर्ने उनको भनाई थियो।

 

अर्का वक्ता नेकपा मालेका केन्द्रीय सदस्य परेक रावलले एमसिसि अमेरिकी सेना भित्र्याएर नेपाललाई युद्धभुमीमा परिणत गर्ने परियोजना भएको बताउँदै सम्पूर्ण राष्ट्रवादी शक्ति यसका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्ने बताए।कुनै पनि देशले अर्को देशलाई सहयोग गर्दा निशर्त सहयोग गर्नुपर्ने बताउँदै एमसिसिमा राष्ट्रघाती शर्त राखेर नेपाललाई दबाब दिएर अमेरिकी साम्राज्यवादले दादागिरी प्रस्तुत गरेको बताए।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्रीले एमसिसि परियोजना राष्ट्र र जनताको हितमा नभएको बताउँदै एमसिसि सम्झौता खारेज गरिनुपर्ने बताए। विदेशीसंग भिख मागेर देश समृद्ध हुन नसक्ने बताउँदै एमसिसि सम्झौताले देशको विकास होइन विनास गर्ने ठोकुवा गरे। उनले कोरोना महामारीबाट बच्न मास्क लगाय जस्तै एमसिसि लागु भए मास्क र सेनिटाइजर बोक्ने हातमा बन्दुक बोक्नुपर्ने अवस्था सिर्जना हुने दाबि गरे।

 

कोणसभाको सञ्चालन नेकपा कैलालीका सचिव दीपेन्द्र चलाउनेले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९