अदालतको आदेशको समेत वेवास्ता गर्दै महोत्तरीको गौशालामा सर्वसाधारणको बसोबासमाथि डोजर

महोत्तरी  ।महोत्तरीको गौशाला नगरपालिकाले विद्यालयको जग्गा अतिक्रमित भएको भन्दै घर, टहरा भत्काएको बिषय विवादित वनेको छ ।बर्षौदेखि भोगचलन गर्दै आएका भोला सहनी, चन्दर सहनी र बिन्देश्वर सहनीको घर नगरपालिकाले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो ।वडा न.७ मनहरवास्थित  राष्ट्रिय आधारभूत विद्यालयको  जग्गा कब्जा गरेर उनीहरुले जवर्जस्त बसोबास गर्दै आएको आरोपमा सुक्रवार नगरले डोजर चलाएको  थियो ।तर २०५५ साल चैत्र २२ गते पारित भएको राजीनामापत्र अनुसार उक्त जग्गा गाउँ ब्लकको नाममा उनीहरुलाई नै  पास गरिएको देखिएको छ । नगरपालिकाले तिनै जना सहनीहरुलाई ३ कठ्ठामा रहेको उक्त जग्गा खाली गर्न केही समयअगाडी पत्र थमाएपछी उनीहरु उच्च अदालत जनकपुरमा पुगेका थिए ।

यो पिडितहरुले अदालतमा दायर गरेको निवेदन हेर्नुहोस ।

बनारसी देवी मलाहाको नाममा  दायर भएको निषेधाज्ञा रिट उपर उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै यथास्थानमा रहेका सहनीहरुको बसोबास सोही ठाँउमा सुनिश्यत गर्न आदेश समेत जारी गरेको छ । नगरपालिकाले दावी गर्ने आधार नदेखिएको हुँदा बसोबास गरेको ३ कठ्ठा जग्गा उनीहरुको नै स्वामित्वमा भएको र कसैले हस्तक्षेप गर्न नहुने उच्च अदालतले २०८१ जेठ १८ गते जारी गरेको अन्तरिम आदेशमा उल्लेख छ ।यो निषेधाज्ञा आदेश हेर्नुहोस ।

आदेश

यसका वावजुत पनि नगरले जग्गा खाली गर्न बाराम्बार सुचना जारी गरेपछि अदालतले आदेश कार्यान्वन गर्नको लागि जेठ २८ गते जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गौशालाई पत्र समेत पठाएको देखिएको छ ।तर ईलाका प्रहरी कार्यालय गौशालाले अन्तरिम आदेश त्यो हो या हैन भन्ने बिषयमा अन्यौल भएको जिकिर गरेको छ । ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख सुर्य रानाले नगरले चिठी पठाएपछि सहजीकरण मात्र गरेको वताए ।यो पत्र हेर्नुहोस ।

अदालतको पत्र

अदालतको मानहानी हुनेगरी नगरप्रमुख दिपेन्द्र महतोले किन घर, टहरा भत्काए भन्ने बिषय अहिले जिल्लाभरी चर्चा वनेको छ । ‘कानुनमा हातमा लिएर उक्त काम गरेको देखिन्छ, उन्ले किन यसो गरिरहेका छन भन्ने हामीलाई पनि अचम्म लागेको छ ।’ पिडित भोला सहनीले भने । ‘हाम्रा ३ पुस्ता नै याँहा गुजारिसके, नगरप्रमुखको यो तानाशाही पवृतिवाट निक्कै दुखित छौ ।’   तर नगरप्रमुख दिपेन्द्र महतोले भने अदालतले जारी गरेको आदेश र अहिलेको  बिषय फरक भएको भएको दावी गरे । ‘भू-माफियाहरुले जग्गा कब्जा गर्दै गएपछि मैले अहिले अतिक्रमित जग्गाहरु नगरको वा सम्बन्धित संस्थाको स्वामित्वमा ल्याउने अभियान वनाएको छु ।’ नगरप्रमुख महतोले भने ।’विषयलाई विषयान्तर गरेर गलत अफवाह मात्र फैलाईएको हो ।’

 

 

आदेशमा घर, टहरा उल्लेख नगरेतापानी सूचनालाई लक्षित गरेर आदेशको कार्यान्वयन गर्न पठाएको पत्रमा सहनी परिवारले उपभोग गरेको जग्गालाई आधार वनाएको देखिएको छ भने नगरले जवर्जस्त गर्न खोजेपछि नगरप्रमुख दिपेन्द्र महतोलाई विपक्षी वनाएर अपहेलना सम्बन्धि दायर गरिएको मुद्धामा जनकपुर उच्च अदालतले आदेश समेत जारी गरेको छ ।

 

 

असार १२ गते जारी भएको आदेशमा नगरप्रमुख महतोलाई प्रतिनिधि वा स्वयम उपस्थित भएर अदालतको मानहानी गरेको हो वा होईन भन्ने बिषयमा लिखित जावफ पेश गर्न भनिएको छ । ७ दिनभित्र पेश गर्नुपर्ने उक्त आदेशमा मानहानी सम्बन्धी सजाय हुनुनपर्ने कारणहरु खुलाएर जवाफ पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

यो मानहानी सम्बन्धि जारी भएको अदालतको आदेश हेर्नुहोस ।

मानहानी सम्बन्धि आदेश

तर   नगराप्रमुखले भने अदालतको मानहानी हुनेगरी कुनै काम नगरेको दावी गरेका छन । विषयवस्तु नै फरक भएको हुँदा अदालतको आदेशलाई सम्मान नै गरेको उन्को भनाई छ । पिडित पक्षले भने आफुहरुलाई सोही विषयमा नै अदालतले आदेश जारी गरेको र अन्य ठाँउमा त्यस्तो जग्गा नभएको जिकिर गरेका छन ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९