अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ गरेको छ । जसमा मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-५ बाँसबारी बस्ने २५ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय उज्वल सापकोटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित कोहलपुर नगरपालिका-२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका-६ बस्ने २६ वर्षीय चेतमान सोनीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

बर्दियाको बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

चितवनको भरतपुर महानगरपालिका-१३ गंगानगर बस्ने ४७ वर्षीय सोम बहादुर विकलाई अवैध लागूऔषध गाँजा २ किलो ४ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कैलालीको टीकापुर नगरपालिका-१ भु.पु.सैनिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने २५ वर्षीय सुमन थारू र १९ वर्षीय यम बहादुर चौधरी रहेका रहेका छन् ।

 

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले से.६ प ९१२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्साको वीरगंज महानगरपालिका-१६ फुलवारी टोल बस्ने ६५ वर्षीय आसिद मिया र ४२ वर्षीया कायमा खातुनलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ किलो २ सय ३७ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने सर्फदिन अन्सारीले लागूऔषध ओसार पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी मिया र खातुनलाई पक्राउ गरेको हो । हाल फरार अन्सारीको प्रहरीले खोजी गरिरहेको छ ।

 

झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सिन्धुली तिनपाटन गाउँपालिका-१ घर बताउने २८ वर्षीय धन बहादुर बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यसैगरी झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-१ बस्ने २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले चर्तागाछिबाट सुरूङ्गातर्फ जाँदै गरेको प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यसैगरी झापाको मेचिनगर नगरपालिका-१० धाईजन ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ, जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् १९७५...

निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ ।बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को...

छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी (कैलाली), जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षमा विनियोजित रु एक करोड ३० लाख बजेटमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्ने उद्देश्यले तटबन्ध निर्माण सुरु भएको हो ।   बर्खामा नदीले खेतीयोग्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ,  काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

नगरपालिकाको बृहत् स्वास्थ्य शिविर : जनतालाई निःशुल्क उपचार

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा लिएका छन्।ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकसँगको सहकार्यमा बिहीबार र शुक्रबार शिविर सञ्चालन गरिएको हो।शिविरमा जनरल सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९