अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा सुनसरी इटहरी एरियाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१