लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश

काठमाडौं । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले गर्नुपर्ने, लघुवित्त वित्तीय संस्थाहरुले गर्नुपर्ने र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिइएको छ ।

 

 

सरकारले गर्नुपर्ने कार्यहरुमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाहरुबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।  यसैगरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय संस्थाहरुबाट बाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाहरुले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्ने लगायत छन् ।

 

 

 

नेपाल राष्ट्र बैंकहरुले गर्नुपर्ने नीतिगत व्यवस्थाहरु बारेमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाहरुलाई हाल कर्जा नियमित नभएका तथा समस्यामा परेका भनिएका आ-आफ्ना ऋणीहरुको तथ्यांक संकलन गरी नियतवस कर्जा नतिरेका तथा वास्तविक रुपमै समस्यामा परेका ऋणीहरु यकिन गरी अधिकतम ६० दिनभित्र नेपाल राष्ट्र बैंक समक्ष पेश गर्न निर्देशन दिने लगायत छन् ।

 

 

 

लघुवित्त वित्तीय संस्थाहरुले गर्नु पर्ने कार्यहरुमा समयमा कर्जाको साँवा व्याज तथा नियमित बचत जम्मा नगर्ने सदस्यहरुलाई ताकेता गर्ने नाममा कार्यस्थलको वातावरण बिगार्ने गरी दबाब तथा मानसिक यातना नदिने लगायतका छन् ।

 

 

लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले पालना गर्नुपर्ने कार्यमा एक संस्थाबाट मात्र कर्जा उपयोग गर्ने, जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने तथा उक्त परियोजनाबाट भएको नगद प्रवाहबाट नियमित रुपमा किस्ता तिर्ने लगायत छन् ।

 

 

अर्थमन्त्री पौडेलले प्रतिवेदनमा दिइएका सुझावहरु कार्यान्वयनका लागि सबैसँग समन्वय गर्ने र सरकारले गर्नुपर्ने सुझावहरुको औचित्य हेरेर कार्ययोजना बनाएर काम गर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक भएको बताइन् ।

 

 

 

प्रतिवेदनका अनुसार २०८० साल चैत्र मसान्तसम्म ५५ वटा लघुवित्त वित्तीय संस्था छन् । त्यसमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था र बाँकी ५२ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ५३ अर्ब ११ करोड रुपैयाँ कुल प्रवाह गरेका छन् । कुल बचत १ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ र सापटी रकम २ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ छ ।

 

 

 

लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्त तथा वित्तीय संस्था पीडितका प्रतिनिधिबीच २०८० साल चैत्र २ गते अर्थमन्त्रालयमा ६ बुँदे सहमति भएको थियो । त्यसैदिन लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

लोकतान्त्रिक योद्धा यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा रामेश्वरराय यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसबाट निर्वाचित रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवका पितासमेत रहनुभएका यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । यादवको...

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम,  मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ । चैत÷वैशाखमा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरे यस वर्ष मधेसमा आँप उत्पादन उल्लेख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला),  दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौँ,  काठमाडौँ महानगरपालिका­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् ।गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले...

सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज,  औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६  औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र  पाँच औषधि पसल कैलालीका रहेका छन् । औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३÷८३ को साउनदेखि फागुनसम्मको...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९