जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका-५ थापाचोकस्थित धादिङ नौबिसे घर भएका २९ वर्षीय चन्द्र बहादुर तामाङको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्र बहादुर समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ९५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१