बौनियाँ/नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले झुठो र भ्रामक सूचनामा विश्वास नगर्न नेताकार्यकर्ताकमा आग्रह गरेको छ । कैलाली क्षेत्र नम्बर २ ले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीले आम नेताकार्यकर्तामा भ्रम सृजना गरेको भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
क्षेत्रले नयाँ क्रियाशील सदस्यता रोक्न खोजेको भन्ने आरोपमा सत्यता नभएको विज्ञप्तिमा उल्लेख गरेको छ । क्षेत्रीय सभापति भक्तबहादुर थापा र सचिव तेजप्रताप मल्लद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, पार्टीभित्र केही अन्यौल, अस्थिरता र भ्रामक कुरा बाहिर ल्याउने क्रममा यही मिति २०७८ साउन १३ गते बर्दगोरिया गाउँ सभापति र लम्कीचुहा नगरसभापतिको संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएको तथा सोही पत्रकार सम्मेलनमा उठान गरिएका वक्तव्यहरु माथि नेपाली कांग्रेस क्षेत्र नम्बर २ को गम्भीर ध्यानाकर्षण भएको छ ।
क्षेत्रले गत असार ५ गतेको बैठकबाट नयाँ, पुराना तथा समायोजन गरि जम्मा ३१८२ जना सदस्यहरुलाई क्रियाशील सदस्यता नवीकरण र प्राप्तिका सर्वसम्मत सिफारिस गरिएको व्यहोरा सबैलाई अवगतै छ । क्रियाशील सदस्यता नवीकरण र प्राप्ति सर्वसम्मत सिफारिस गरिएको उल्लेख गर्दै भ्रामक कुरामाथि सत्यतथ्य बाहिर ल्याइ जानकारी गराइदिन नेपाली कांग्रेस केन्द्रीय अनुशासन तथा क्रियाशील सदस्यता छानबिन समितिलाई आग्रहसमेत गरेको छ ।
यस्तो छ, जारी प्रेस विज्ञप्ति
प्रिय साथीहरू,
गौरवमय इतिहास बोकेको नेपाली जनताको आशा र भरोसाको केन्द्रबिन्दुमा रहेकोे लोकतान्त्रिक आन्दोलनको अगुवा नेपाली कांग्रेसको आफ्नै गौरवमय इतिहास कायम छ, तथापि यदाकदा यस पार्टीभित्र केही केही अन्यौल, अस्थिरता र भ्रामक कुराहरु बाहिर ल्याउने क्रममा यही मिति २०७८ साउन १३ गते बर्दगोरिया गाउँ सभापति र लम्कीचुहा नगर सभापतिहरुको संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएको तथा सोही पत्रकार सम्मेलनमा उठान गरिएका वक्तव्यहरु माथि नेपाली कांग्रेस क्षेत्र नम्बर २ को गम्भीर ध्यानाकर्षण भएको छ । यसक्षेत्रको मिति २०७८र०३र०५ गतेको बैठकबाट नयाँ, पुराना तथा समायोजन गरि जम्मा ३१८२ जना सदस्यहरुलाई क्रियाशील सदस्यता नवीकरण र प्राप्तिका सर्वसम्मत सिफारिस गरिएको व्यहोरा सबैलाई अवगतै छ तर, केही साथीहरूले सार्वजनिक रूपमा सञ्चारमाध्यमबाट क्षेत्रले नयाँ क्रियाशील सदस्यता रोक्का गर्यो भनि भ्रामक सूचना क्रियाशील साथीहरूलाई सम्प्रेषण गरिएको हुनाले उक्त रोक्का गर्ने कार्य को(कसद्वारा भयो भन्ने सम्बन्धमा नेका केन्द्रीय छानबिन समितिले सत्यतथ्य बाहिर ल्याइ यसक्षेत्रका क्रियाशील साथीहरूलाई जानकारी गराइदिन हुन केन्द्रीय अनुशासन तथा क्रियाशील सदस्यता छानबिन समितिलाई नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ सादर अनुरोध गर्दछ । जय नेपाल
तेजप्रताप मल्ल भक्तबहादुर थापा
सचिव सभापति




















































































































































