शेख हसिना बिरुद्ध दायर भयो तेस्रो मुद्धा

काठमाडौं। बंगलादेशका पुर्व प्रधानमन्त्री शेख हसिना बिरुद्ध थप मुद्धा दर्ता भएको छ । राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री हसिना बिरुद्ध मुद्धा दर्ता गरेको हो । बंगलादेशका मिडियाका अनुसार हसिनासहित २४ जना विरुद्ध मुद्दा दायर गरिएको छ। शेख हसिनाविरुद्ध दुई दिनमा दायर भएको यो तेस्रो मुद्दा हो।

 

 

बुधबार राजोनका भाइ ३२ वर्षीय राजीवले ढाका महानगरीय मजिस्ट्रेट अहमद हुमायुन कबीरको अदालतमा मुद्दा दायर गरेका हुन ।अदालतले वादीको बयान स्वीकार गर्दै काफ्रुल प्रहरी चौकीलाई पहिलो सूचना प्रतिवेदन (एफआईआर) का रूपमा मुद्दा दर्ता गर्न निर्देशन दिएको छ। यसअघि सन् २०१५ मा उत्तराबाट सर्वोच्च अदालतका एक वकिललाई जबरजस्ती बेपत्ता पारेको आरोपमा शेख हसिना र अन्य चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो।मंगलबार अबु सईद नामको किराना पसल मालिकको हत्याको आरोपमा हसिना र अन्य छ जना विरुद्ध यस्तै हत्याको मुद्दा दायर गरिएको थियो।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९