सिराहामा मौलायो तस्करी, सीमा क्षेत्रका वासिन्दा त्रसित

सिरहा। पछिल्लो समय सिराहामा नियामक निकायकै सेट्रि«ङमा खुल्ला सीमा–नाकाहरुबाट व्यापक रुपमा तस्करी भईरहेको पाईएको छ। जिल्लाका सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी, सीमा सुरक्षामा खटाइएको नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा दिनदहाडै तस्करी भइरहेको हो। खुल्ला सीमाक्षेत्रमा पर्ने भारतीय बजार लौकाहा, लदनीयाँ, जयनगरलगायतबाट खाद्यान, किरानासामान, लत्ताकपडाजस्ता सामाग्रि नियमनकारी निकायकैकै निगरानीमा नेपाल भित्रीने गरेको सीमाक्षेत्रका बासिन्दाहरु बताउँछन्।दैनिक उपभोग्य सामाग्रीसँगै नजिकिदै गरेको चाडपर्वको लागी भारतबाट अहिले नै नागिन पटाका, हाइड्र«ोबम, बारुद लगायतका हातहतियार समेत भित्रिनथालेपछि सीमाक्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन्। हातहतियारका चोरी पैठारीले सीमावर्तीक्षेत्रमा आपराधिक घटना घट्न सक्ने त्रासमा छन् स्थानीय । सीमा शुरक्षाकालागि सयौं शुरक्षा बल र भन्सारका कर्मचारीहरु परिचालन भएपनि चौविसैघण्टा खुल्लेयाम तस्करी हुनुले नियामक निकाय नै मिलेमत्तोको पुष्टि हुने  स्थानियहरु बताउछन् । सिरहाका करिव ४२ किलोमिटर सीमाक्षेत्रमा शसस्त्र प्रहरीको ७ वटा विओपि र नेपाल प्रहरीको ७ वटा ईलाका पहरी कार्यालय रहेपनि तस्करहरुले ईलाका देखि जिल्लाका प्रमुख समेतलाई मोटो रकमको चलखेल गरी तस्कर राज नै चलाएको कुनै समय तस्करीमा सक्रिय एक व्यवसायी बताउँछन् ।उनी भन्छन्, ‘मैले पनि कुनै समय काम गरें, काम गर्दा पैसा खर्च गर्दा पनि यसरी खुल्लेयाम गर्न सकिन्न थियो। अहिले व्यसायीले कति पैसा खर्च गर्छ। अहिले त तरस्करको लागि ‘स्वर्ण युग’ भएको छ।’तस्करहरुले चाडपर्वलाई लक्षितगरी अहिलेदेखिनै  जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाकाहरु प्रयोग गरी चौविसै घण्टा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान र दिपावलली, छठपर्वको लागी पटाका, बम, बारुद र अन्य हातहतियार समेत नेपाल भित्राउने गरेको राम औतार यादव (नाम परिवर्तित)ले बताए ।नेपाल बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामाग्रीहरु पारी भारतीय बजार पु¥याउन सीमानाकामा तैनाथ प्रहरीहरुले नै तस्करी गराउने गरेको यादवको भनाई रहेको छ ।उनका अनुसार तस्करहरुले झाझपट्टी, बरहरी, वरियारपटि र औरही नाकाबाट एक दिनमा मात्र करिव तीन करोड भन्दाबढीको समान नेपाल भित्रिने र नेपालका सीमा नाका नजिकै रहेका मदिरा पसलबाट मदिरासमेत भारतीय बजार पुर्याउने गरेका छन् ।तस्करहरुले सीमानाकामा बस्ने प्रहरी जवानदेखि शसस्त्र एसपी, नेपाल प्रहरी एसपी, भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ट रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आँखा अगाडीबाट तस्करी गर्ने गरेको औरही गाउँपालिकाका नाम नबताउने शर्तमा एकजना तस्करलेनै बताए ।सीमा नाकामा खटीएका शसस्त्र प्रहरी, नेपाल प्रहरीहरुले नै नजराना लिएर  तस्करको संरक्षण गर्ने गरेको उनको भनाई छ । उनले थपे , ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर म्याजिक, टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका लहान, धनगढी, गोलबजार, मिर्चैया सम्म पुर्याउने गरेको छ ।’

यसरी भारतीय वजारबाट भन्सार छली गरी ल्याइएका सामान लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदाममा जम्मा गरी स्थानीय बजार र जिल्ला बाहिरका बजारहरुसम्म पुग्ने गरेको छ। यस प्रति स्थानीय प्रहरी प्रशासनको मौनता उदेकलाग्दोे छ।राज्यनै आर्थीक संकट झेलिरहेको अवस्थामा राजस्व छलीगरी भारतीय वजारसंगै जोडिएका सीमानाकामा विगत लामो समयदेखि तस्करी भईरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन्।सीमाक्षेत्रबाट अनियन्त्रित रुपमा भईरहेको तस्करीको सन्वन्धिमा सिरहास्थित सशस्त्र प्रहरीको ७ नम्वर गणका गणपती शिव गैरेसंग जिज्ञासा राख्दा उनले तस्करी नियन्त्रणको लागि सवै उपायहरु प्रयोग गरेको बताए। उनले प्रत्यक दिन आफै हिडेर गस्ती गर्ने गरेको बताए। उनले गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले ८ करोड ४१ लख १७ हजार सात सय ३८ रुपैयाँ बरावरको भन्सार छलिको सामाग्रि नियन्त्रणमा लिएर भन्सार बुझाएको बताए। जिल्लामा भईरहेको तस्करीको बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितसँग फोन सम्पर्क गर्दा उनले अहिले बैठकमा छु भन्दै फोन काटे।तस्करी बढेपछि राजस्व घटदै
प्रहरी प्रशासनकै सेटिङ्गका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किदै गइरहेको देखिएको छ।भन्सार कार्यालय माडर खैरटोकाले गत आर्थिक वर्ष २०८०÷०८१मा लक्ष्यको ७९ प्रतिशतमात्र रकम उठाएको छ। कार्याललयले लिएको वार्षिक लक्ष्य ११ करोड ९९ लाख ५६ हजारमा कुल रकमको ७९ प्रतिशत अर्थात ९ करोड ४६ लाख ८ हजार रुपैयाँ मात्र राजस्व असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए। गत आर्थिक वर्षको खैरटोका भन्सारबाट सबै भन्दा बढी एलवेस्टरबाट भन्सार उठेको कार्यालयले जनाएको छ।
प्रमुख सापकोटाले पछिल्लो दिनमा आफू हाजिर भएपछि भन्सार संकलनमा वृद्धि भएको बताए। गत फागुन महिनादेखि लक्ष्यभन्दा बढी भन्सार उठेको भएपनि सम्पूर्णमा कम उठेको छ।         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

काठमाडौँ, परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।   स्टारलिङ्कले कम–कक्षीय...

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

चितवन,  स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९