सिराहामा मौलायो तस्करी, सीमा क्षेत्रका वासिन्दा त्रसित

सिरहा। पछिल्लो समय सिराहामा नियामक निकायकै सेट्रि«ङमा खुल्ला सीमा–नाकाहरुबाट व्यापक रुपमा तस्करी भईरहेको पाईएको छ। जिल्लाका सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी, सीमा सुरक्षामा खटाइएको नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा दिनदहाडै तस्करी भइरहेको हो। खुल्ला सीमाक्षेत्रमा पर्ने भारतीय बजार लौकाहा, लदनीयाँ, जयनगरलगायतबाट खाद्यान, किरानासामान, लत्ताकपडाजस्ता सामाग्रि नियमनकारी निकायकैकै निगरानीमा नेपाल भित्रीने गरेको सीमाक्षेत्रका बासिन्दाहरु बताउँछन्।दैनिक उपभोग्य सामाग्रीसँगै नजिकिदै गरेको चाडपर्वको लागी भारतबाट अहिले नै नागिन पटाका, हाइड्र«ोबम, बारुद लगायतका हातहतियार समेत भित्रिनथालेपछि सीमाक्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन्। हातहतियारका चोरी पैठारीले सीमावर्तीक्षेत्रमा आपराधिक घटना घट्न सक्ने त्रासमा छन् स्थानीय । सीमा शुरक्षाकालागि सयौं शुरक्षा बल र भन्सारका कर्मचारीहरु परिचालन भएपनि चौविसैघण्टा खुल्लेयाम तस्करी हुनुले नियामक निकाय नै मिलेमत्तोको पुष्टि हुने  स्थानियहरु बताउछन् । सिरहाका करिव ४२ किलोमिटर सीमाक्षेत्रमा शसस्त्र प्रहरीको ७ वटा विओपि र नेपाल प्रहरीको ७ वटा ईलाका पहरी कार्यालय रहेपनि तस्करहरुले ईलाका देखि जिल्लाका प्रमुख समेतलाई मोटो रकमको चलखेल गरी तस्कर राज नै चलाएको कुनै समय तस्करीमा सक्रिय एक व्यवसायी बताउँछन् ।उनी भन्छन्, ‘मैले पनि कुनै समय काम गरें, काम गर्दा पैसा खर्च गर्दा पनि यसरी खुल्लेयाम गर्न सकिन्न थियो। अहिले व्यसायीले कति पैसा खर्च गर्छ। अहिले त तरस्करको लागि ‘स्वर्ण युग’ भएको छ।’तस्करहरुले चाडपर्वलाई लक्षितगरी अहिलेदेखिनै  जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाकाहरु प्रयोग गरी चौविसै घण्टा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान र दिपावलली, छठपर्वको लागी पटाका, बम, बारुद र अन्य हातहतियार समेत नेपाल भित्राउने गरेको राम औतार यादव (नाम परिवर्तित)ले बताए ।नेपाल बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामाग्रीहरु पारी भारतीय बजार पु¥याउन सीमानाकामा तैनाथ प्रहरीहरुले नै तस्करी गराउने गरेको यादवको भनाई रहेको छ ।उनका अनुसार तस्करहरुले झाझपट्टी, बरहरी, वरियारपटि र औरही नाकाबाट एक दिनमा मात्र करिव तीन करोड भन्दाबढीको समान नेपाल भित्रिने र नेपालका सीमा नाका नजिकै रहेका मदिरा पसलबाट मदिरासमेत भारतीय बजार पुर्याउने गरेका छन् ।तस्करहरुले सीमानाकामा बस्ने प्रहरी जवानदेखि शसस्त्र एसपी, नेपाल प्रहरी एसपी, भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ट रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आँखा अगाडीबाट तस्करी गर्ने गरेको औरही गाउँपालिकाका नाम नबताउने शर्तमा एकजना तस्करलेनै बताए ।सीमा नाकामा खटीएका शसस्त्र प्रहरी, नेपाल प्रहरीहरुले नै नजराना लिएर  तस्करको संरक्षण गर्ने गरेको उनको भनाई छ । उनले थपे , ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर म्याजिक, टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका लहान, धनगढी, गोलबजार, मिर्चैया सम्म पुर्याउने गरेको छ ।’

यसरी भारतीय वजारबाट भन्सार छली गरी ल्याइएका सामान लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदाममा जम्मा गरी स्थानीय बजार र जिल्ला बाहिरका बजारहरुसम्म पुग्ने गरेको छ। यस प्रति स्थानीय प्रहरी प्रशासनको मौनता उदेकलाग्दोे छ।राज्यनै आर्थीक संकट झेलिरहेको अवस्थामा राजस्व छलीगरी भारतीय वजारसंगै जोडिएका सीमानाकामा विगत लामो समयदेखि तस्करी भईरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन्।सीमाक्षेत्रबाट अनियन्त्रित रुपमा भईरहेको तस्करीको सन्वन्धिमा सिरहास्थित सशस्त्र प्रहरीको ७ नम्वर गणका गणपती शिव गैरेसंग जिज्ञासा राख्दा उनले तस्करी नियन्त्रणको लागि सवै उपायहरु प्रयोग गरेको बताए। उनले प्रत्यक दिन आफै हिडेर गस्ती गर्ने गरेको बताए। उनले गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले ८ करोड ४१ लख १७ हजार सात सय ३८ रुपैयाँ बरावरको भन्सार छलिको सामाग्रि नियन्त्रणमा लिएर भन्सार बुझाएको बताए। जिल्लामा भईरहेको तस्करीको बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितसँग फोन सम्पर्क गर्दा उनले अहिले बैठकमा छु भन्दै फोन काटे।तस्करी बढेपछि राजस्व घटदै
प्रहरी प्रशासनकै सेटिङ्गका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किदै गइरहेको देखिएको छ।भन्सार कार्यालय माडर खैरटोकाले गत आर्थिक वर्ष २०८०÷०८१मा लक्ष्यको ७९ प्रतिशतमात्र रकम उठाएको छ। कार्याललयले लिएको वार्षिक लक्ष्य ११ करोड ९९ लाख ५६ हजारमा कुल रकमको ७९ प्रतिशत अर्थात ९ करोड ४६ लाख ८ हजार रुपैयाँ मात्र राजस्व असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए। गत आर्थिक वर्षको खैरटोका भन्सारबाट सबै भन्दा बढी एलवेस्टरबाट भन्सार उठेको कार्यालयले जनाएको छ।
प्रमुख सापकोटाले पछिल्लो दिनमा आफू हाजिर भएपछि भन्सार संकलनमा वृद्धि भएको बताए। गत फागुन महिनादेखि लक्ष्यभन्दा बढी भन्सार उठेको भएपनि सम्पूर्णमा कम उठेको छ।         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन (बागलुङ),  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन (बागलुङ),  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९