गरिब दलितलाई आवासको व्यवस्था गर्नुपर्ने सरकारसँग आम दलित मोर्चाको माग

सर्लाही । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउँनेलाई कारवाही गर्नुपर्ने माग सरकारसंग गरेको छ ।

 

 

 

आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा दासको नेतृत्वमा बिभिन्न माग गर्दै मोर्चाले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो । मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली र मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंहलाई समेत सो ध्यानाकर्षण पत्र बोधार्थ गर्दै सम्पूर्ण गरिब दलितलाई आवासको व्यवस्था गर्न माग गरेको छ ।

 

 

 

‘मधेस सरकारले जनता आवास कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम, महेन्द्रनारायण निधि आवास निर्माण कार्यक्रम ल्यायो तर पनि हामी दलित समुदायको घर निर्माण हुन सकेन् । अहिले फेरी मधेस सरकारले मदन भण्डारी आवास निर्माण कार्यक्रम ल्याएको छ । आयोजनाको नाम परिवर्तन हुन्छ तर हाम्रो घर निर्माण हुदैछ । हाम्रो नाममा लुटने काम सरकारले गरिरहेको छ । भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने र हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । नाम जे राखे पनि हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । हाम्रो घर पनि निर्माण नहुने र हाम्रै नाममा लुटने काम भईरहेकाले सरकारले हाम्रो माग सम्बोधन नगरे बाध्य भएर हामी आन्दोलनमा उत्रिन्छौं’ दलित मोर्चाका अध्यक्ष ठगा दासले भने ।

 

 

 

गरिब दलित परिवारको सरकारले पटक पटक गरी बिभिन्न नामको आयोजना ल्याए पनि गरिब दलितहरुको घर निर्माण नभएकोमा उनले आक्रोश व्यक्त गरे । मधेस प्रदेशमा हजारौं दलित परिवार घरबार बिहिन छन् । उनीहरुको जिवन कष्टकर रहेको छ । चर्को गर्मी होस्, चिसो तथा बरसातको समयमा उनीहरु कष्टकर जिवन बाच्नुपर्ने अवस्था रहेको दासले जनाएका छन् ।

 

 

 

दलित मोर्चाका अनुसार सम्पूर्ण गरिब दलितलाई आवासको व्यवस्था गर्नुपर्ने, आवास निर्माणको रकम फ्रिज गराउनेलाई करवाही गर्नुपर्ने, दलितहरुलाई सिप विकास तालिम र रोजगारको व्यास्था÷सुनिश्चितता गर्नुपर्ने, जातीय छुवाछुत र विभेद गर्नेहरुलाई दण्डित गर्नुपर्ने, निर्माणाधिन घर निर्माणको कार्य छिटो पुरा गर्नुपर्ने, कमिशनको लागि भुक्तानी रोक्नेलाई कारवाही गर्नुपर्ने, आवास निर्माणमा भैरहेको अनियमिता एवं भष्टचारको छानबिन गर्नुपर्ने, आवास निर्माणको खर्च पारदर्शी एवं सार्वाजनिक गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।

 

 

 

‘संविधानमै मौलिक हकको रुपमा सुनिश्चित आवासको हकमा राज्यले विनियोजन गरेको अरबौं रकम जनता आवास र सुरक्षित आवास निर्माण कार्यलाई मुख्यतः प्रदेश सरकार सहितको सरोकारवाला निकायले प्रभावकारी रूपमा अगाडी बढाउनुकोसट्टा यसमा चरम दुरुपयोग एवं भ्रस्टाचार गरीरहेको छ’ मोर्चाका अध्यक्ष दासले भने, ‘आम दलित जनसमुदायको हकअधिकारका लागी यस्ता भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । हामीले प्रदेश सरकार र केन्द्रीय सरकार दुवैलाई अनुरोध गरेका छौं । दलित गरिब परिवारको आवास निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई यथासिघ्र कारावही गर्नुपर्छ । हाम्रो माग सम्बोधन नभए बाध्यभएर हामी कडा आन्दोलनमा जान बाध्य हुन्छौं ।’

 

 

 

आम दलित मोर्चा स्थापना कालदेखि नै दलित समुदायको हक अधिकार प्राप्ति, रक्षा एवं विकासका लागी अनवरत रुपमा क्रियाशील रहेकोे बताउँदै दासले संविधानको धारा – २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा – ३७ (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक र धारा – ४० मा दलितको हकसंग सम्बन्धित स्पष्ट कानूनी प्रावधानलाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको भए पनि धेरै वर्ष बितिसक्दा पनि अहिलेसम्म आम दलित जनसमुदायमाथी हुने विभिन्न खालको हेपहा प्रवृति, अपमान, शोषण, दमन, उत्पीड़न र सबैखाले भेदभाव, छुवाछुत र अमानवीय क्रियाकलापहरु बन्द गरिनुपर्ने बताए ।

 

 

 

सरकारले प्रदेशमा मदन भण्डारी आवास योजना, महेन्द्रनारायण निधि आवास आयोजना, दलित आवास योजना लगायतका बिभिन्न आयोजना सञ्चालन गर्दै अधुरो र अपुरो रुपमा छोड्दै आएको छ । मधेस प्रदेशमै हजारौं दलित गरिब परिवारको घर निर्माण कतै अधुरो छ भने कतै निर्माण भए पनि गुणस्तरीय नभएको पीडित परिवारले गुनासो गर्दै आएका छन् । यस्तै कतै निर्माण भए पनि सरकारले भुक्तानी नगरेको र बीचमै घर निर्माण अधुरो छोडेर दुख दिने नियतले सरकार लागेको पीडित परिवारहरुले आन्दोलन गर्दै आएका छन् ।

 

 

 

दलित गरिब परिवारका व्यक्तिको घर निर्माण, त्यसको भुक्तानी तथा घर निर्माणलाई पूर्णता दिनुपर्ने माग गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदमा समेत यसबारेमा कडा रुपमा आवाज उठाउँदै आएका छन् । साथै उनले दलित आवास आयोजना निर्माणमा भईरहेको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गर्दै आएका छन् ।

 

 

 

आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा दासको नेतृत्वमा सर्लाहीको मलंगवामा पुगेर जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझाउने टोलीमा आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साह, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, स्थायी कमिटीका सदस्यहरु रबिन्द्र सिंह, सुनिता साह आजपा सर्लाहीका नेता डा. नवलकिशोर साह, सुनिल गुप्ता, आम दलित मोर्चा सर्लाहीका नेता रामलोचन दास लगायतको विशेष सहभागिता समेत रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वासिङ्टन, राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए ।   यस...

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ,  नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो ।   भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९