घोडाघोडीको पुनः नापी कार्यमा अवैध रकम सङ्कलन, करोडौँ ठगीको आशङ्का

“अमिनहरूको खर्च भन्दै प्रतिकित्ता ३ देखी ५हजार र लालपुर्जाको २५ रुपैयाँका दरले गरी प्रत्येकले पैसा तिरेका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा पुनः नापी तथा हालसाबिकमा जनताबाट अवैध रकम सङ्कलन गरेको पाइएको छ । नापी कार्यालय कैलालीका अनुसार हालसाबिक गरी नयाँ लालपुर्जा लिँदा स्थानीयले २५ रुपैयाँ सुल्क तिर्नु पर्छ । तर साडेपानीमा कार्यालय सञ्चालन गरी काम गरिरहेको ३ नम्बर नापी टोलीले बिचौलिया खडा गरी प्रतिकित्ता ३ देखी ५ हजारका दरले रकम सङ्कलन गरेको आरोप लागेको छ ।

“अमिनहरूको खर्च भन्दै प्रतिकित्ता ३ हजार र लालपुर्जाको २५ रुपैयाँ गरी प्रत्येकले ३ हजार २५ रुपैयाँ तिरेका छन् । कसै कसैले त त्यो भन्दा बढी पनि तिरेका छन् । नाप जाँच गर्दा जग्गा थोरै पनि बढी देखियो भने २ लाख देखी माथि छुट्टै रकम माग्ने गरेका छन् । यसमा निर्वाचित जनप्रतिनिधि देखी नापीको सहजीकरण समितिका मान्छेहरू समेत संलग्न छन् ।” श्रोतले भन्यो ।

हाम्रो श्रोतको दाबीलाई केही स्थानीयहरूका भनाइले समेत पुष्टि गरेको छ । “म त कोहलपुरबाट आएको हुँ । भाउजूहरूले ३ हजार तिर्नु भएछ । मलाई पनि ३ कित्ताको ९ हजार चाहिन्छ भनेका छन् । नाप जाँच गर्दा मेरो जग्गा ५ धुर बढी देखियो । त्यसको छुट्टै ढाईलाख लाग्छ, यो सरकारी रेट हो भन्दै थिए अरे ।” स्थानीय तिलक विष्टले भने । यस्तै स्थानीय कलधरि विष्टले आफ्नो ४ कित्ता जग्गा नाप जाँच गरेको १२ हजार तिरेकी छन् । धना देवी विष्टले २ कित्ताको ५ हजार, कौसी देवी विष्टले २ कित्ताको ८ हजार, शान्ति विष्टले १ कित्ताको ३ हजार र पदम सिंह विष्टले १ कित्ताको ५ हजार तिरेको दाबी गरेका छन् ।

 

“अब क्या भनी लिन्या हुन । यती चाहिन्छ, सबैलाई लाग्याको रेट हो भन्या । पैसा नदिया लालपुर्जा बन्दैन भन्ना, मैले दियाको पैसा ३ हजार भण्डारीले लिया, ३ हजार अमिनले लिया, ६ हजार ! ६ हजार अस्ती दियाकी हुँ । हामीले त होला सोच्याउ, पैसा दियाको केही पर्माण पन दियानन् ।” स्थानीय कलधरि विष्टले भनिन् । आफ्नो ३ कित्ता जग्गा नाप जाँच भए पनि लालपुर्जा भने घर बास रहेको २ कित्ताको मात्रै आएकाले हाललाई ५ हजार दिएको र थप रकम खेतको लालपुर्जा पाएपछि दिने सहमति भएको स्थानीय धना देवी विष्टले बताइन । “दिनभरी एक बिघा जति नाप्या हजुर, त्यैमा मेरो पन छियो । बासा बेरी मेरा ज्वाइँ छन् घर्ती भन्ने, उनुले ल्याऊ सौराज्यू एक कित्ताको ३ हजार भन्ना छन् भनिखेर लग्याका हुन ।” स्थानीय पदम सिंह विष्टले भने ।

 

“मेरो टोलनिर म जयन्ती देवी भण्डारी, पदम मल्ल, गोपाल भूल, मान बहादुर शाही र काली बहादुर शाही गरी ५ जनाले ३ हजारका दरले पैसा तिरेका छौ । त्यो भन्दा माथि थाहा भएन । मैले मोहन भण्डारालाई दिएकी हुँ । लालपुर्जा पनि उनैले खोजिदिए । ल्याउनु भाउजू लागेको रेट भने अनि लालपुर्जा दिए ।” स्थानीय जयन्ती देवी भण्डारीले भनिन् ।

 

३ नम्बर नापी टोलीले दिएको जानकारी अनुसार गत चैत्र महिनाबाट सुरु भएको पुनः नापीको काममा १ हजार ९ सय ७१ वटा आवेदन सङ्कलन भएको छन् भने त्यस मध्ये ७ सय १६ लालपुर्जा वितरण गरिएको छ । स्थानीयको दाबीलाई आधार मान्दा २१ लाख ४८ हजार प्रति कित्ताका हिसाबले अवैध रकम सङ्कलन भएको देखिन्छ । यस्तै पुनः नापीमा जग्गाको क्षेत्रफल बढी देखिएमा जग्गाको प्रकृति र क्षेत्रफल हेरेर प्रति व्यक्ति २ लाख देखी ८ लाख सम्म अवैध रकम सङ्कलन गरेको स्थानीयहरूकै दाबी छ । पुनः नापी कार्यमा साडेपानीबाट मात्रै ३ करोड बढी अवैध रकम सङ्कलन भएको हुन सक्ने श्रोतको भनाई छ ।

नापी टोली भन्छ: खुसीले दिएका छन् कसैलाई करकाप छैन

स्थानीयबाट प्रतिकित्ता बापतको रकम तोकेर सङ्कलन नगरेको तर स्थानीयहरूले आफू खुसी दिएको रकमलाई अवैध भन्न नमिल्ने ३ नम्बर नापी टोलीको भनाई छ । “हामीले जनताबाट लिने भनेको पुर्जा वितरण गर्दा लाग्ने २५ रुपैयाँ मात्र हो । त्यो बाहेक न लिएका छौ नत लिन नै मिल्छ । कहिले काहीँ फिल्डमा जाँदा कसैले खुसी भएर खाजा खाऊ, तेल हाल भनेर दिन्छ भने त त्यो हामीले करकाप गरेर मागेको होइन नि । कसैलाई यती रकम दिए मात्रै पुर्जा पाउँछौ नत्र पाउँदैनौ भनेका छैनौ । यसबारेमा मलाई हाल सम्म कुनै गुनासो पनि आएको छैन ।” नापी टोली प्रमुख नरेश विष्टले भने । यदि कर्मचारीहरूले आफ्नो जानकारी बिना त्यसो गरेका भए प्रमाण लिएर वा गुनासो लिएर आएमा सबैलाई छानबिनको दायरामा ल्याउने उनको भनाई छ ।

यसरी बाझियो कुरा

माथि उल्लेख गरिएको जयन्ती देवी भण्डारीको रकम बुझ्ने व्यक्ती हुन मोहन भण्डारा, उनी नापी टोलीका कर्मचारी भने होइनन् तर आफू पनि सोही पेसाका भएकाले चिनजान भएर नापी टोलीलाई बेला बखत सहयोग गर्दै आएका छन् । रकम सङ्कलन गर्नेमा उनको नाम समेत जोडिए पछि हामीले उनको प्रतिक्रिया लिन खोज्यौ । रकम सङ्कलनमा आफ्नो कुनै भूमिका नभएको र आफ्नो व्यक्तिगत मेसिन नापी टोलीले नाप जाँचमा प्रयोग गरेकाले सोही बापतको भाडा रकम लिएको उनको भनाई छ । “रकम उठाउने कुरा मलाई जानकारी नै नभएको विषय हो । नापी टोलीले २ दिन मेरो मेसिन भाडामा लिएर प्रयोग गरेको थियो । सो बापत १६ हजार रुपैयाँ मलाई नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले दिए । त्यही रकम लिएको हुँ अरू मलाई केही पनि थाहा छैन ।” मोहन भण्डाराले भने ।

यता नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले भने २ दिन नाप जाँचमा व्यक्तिगत मेसिन प्रयोग भए पनि सो बापत आफूले रकम भुक्तानी भने नदिएको प्रतिक्रिया दिएका छन् । “हामी सँग समन्वय गरेर उहाँहरू आफैले मेसिन प्रयोग गर्नु भएको हो । उहाँलाई मैले भाडा रकम भनेर १६ हजार दिएको छैन । अरू कुनै कर्मचारीले दिएको भए मलाई थाहा छैन । बरु मेसिन प्रयोग भएको दिन हामीलाई खाजा खानुहोला भनेर ५ हजार दिएका हुन । त्यो बाहेक कसै सँग रकम लिएको पनि छैन र कसैलाई दिएको पनि छैन ।” ३ नम्बर नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले भने ।

बिचौलिया गरिए खडा, समन्वय समिति भन्छ: हामीलाई थाहा छैन

जनताबाट अवैध रकम सङ्कलन गर्न नापी टोली र समन्वय समितिको मिलेमतोमा बिचौलियाहरू खडा गरेको स्थानीयको आरोप छ । वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी चौधरी नापी टोलीलाई सहयोग गर्न बनेको समन्वय समितिका संयोजक छन् । उनको संयोजकत्वमा ११ सदस्यीय समिति छ । तर आफूलाई अवैध रकम सङ्कलनका विषयमा कुनै जानकारी नभएको र जनताबाट समेत कुनै गुनासो नआएको उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९